बैतडीमा प्रधानाध्यापकबाट विद्यार्थी कुटिए, प्रधानाध्यापक प्रहरी नियन्त्रणमा

Thursday June 25, 2026

पढ्न लाग्ने समय :


बैतडीः बैतडीमा आफ्नै विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको पुर्चौंडी नगरपालिका–९ तल्लादेहीस्थित खेती माध्यमिक विद्यालयका प्रधानाध्यापक धवलसिंह भण्डारीले कक्षा ८ मा अध्ययनरत १२ वर्षीय तेजसिंह भण्डारीलाई कुटपिट गरेका थिए।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक भुवन तिमिल्सिनाका अनुसार बुधवार बिहान पौने १२ बजेतिर प्रधानाध्यापक भण्डारीले विद्यार्थीमाथि लात्ती र मुक्का प्रहार गरी घाइते बनाएका हुन्।

घाइते तेजसिंह भण्डारीलाई तल्लादेही स्वास्थ्यचौकीमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढी लगिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घाइते विद्यार्थीको धनगढीको एक निजी अस्पतालमा उपचार भइरहेको छ।
घटनामा संलग्न प्रधानाध्यापकलाई पक्राउ गरिसकिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ। प्रधानाध्यापक भण्डारी अहिले इलाका प्रहरी कार्यालय पाटनको नियन्त्रणमा छन्।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।