बैतडीमा‌ एमाले र रास्वपाका कार्यकर्ताकाे बिचमा झडप, २ जना घाइते

Thursday February 26, 2026

पढ्न लाग्ने समय :


बैतडी :  बैतडीमा चुनाव प्रचारप्रसारका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाल कम्युनिस्ट पार्टी (एमाले) का कार्यकर्ताबीच झडप भएकाे छ। झडपमा दुई जना घाइते भएका छन्।

जिल्लाको डिलासैनी गाउँपालिका-७ लेक टोलमा घरदैलो कार्यक्रमका क्रममा दुवै पक्षबीच विवाद चर्किएपछि झडप भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

प्रहरीका अनुसार घाइते हुनेमा डिलासैनी-७ का २८ वर्षीय जनक धामी र २६ वर्षीय माधव धामी रहेका छन्। दुवै जना एमाले निकट युवा संघसँग आबद्ध रहेको बताइएको छ।

झडपमा जनकको टाउको र निधारमा चोट लागेको छ भने माधवको ढाड र दाहिने खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। उनीहरूको उपचार गोकुलेश्वर अस्पतालमा भइरहेको छ।

कुटपिटमा संलग्न पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ। उनीहरूकाे नाम भने खुलाइएकाे छैन्।


भर्खर

भारी वर्षाको पूर्वानुमान

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर

अछाममा युवतीमाथि करणी, एक युवक पक्राउ

धनगढी :अछाममा १७ वर्षीया युुवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले युवकलाई पक्राउ गरेको छ ।

धनगढीबाट होटल सञ्चालकमाथि कुटपिट गर्ने युवक पक्राउ

धनगढी : कञ्चनपुरको महेन्द्रनगरमा गत जेठमा होटल सञ्चालकमाथि कुटपिट गरेर फरार भएका एक जना धनगढीबाट