बैंक तथा वित्तीय संस्थाहरुले कृषि क्षेत्रमा केन्द्रित भएर काम गर्नुपर्दछः उपप्रधानमन्त्री सिंह

Friday November 22, 2024

पढ्न लाग्ने समय :


उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले बैंक तथा वित्तीय संस्थाहरुलाई कृषि क्षेत्रको हितमा केन्द्रित भएर काम गर्न आग्रह गर्नुभएको छ । नेपाल वित्तीय संस्था कर्मचारी संघले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । उपप्रधानमन्त्री सिंहले कृषकहरु आर्थिक रुपमा अपm्ठ्यारो अवस्थामा रहेको उल्लेख गर्दै उनीहरुलाई सहज हुने खालको नीति तथा योजना अघि बढाउन कृषि विकास बैंक लगायतका संस्थाहरुलाई सचेत गराउनु भयो । नेपाल कृषि प्रदान देश भनेर चिनिएको स्मरण गराउँदै उहाँले कृषकको आर्थिक अवस्था कमजोर भएकाले उनीहरुको हितमा केन्द्रित भएर सम्बन्धित निकायहरुले काम गर्नुपर्ने पनि स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘नेपाललाई हामी कृषिप्रदान देश भनेर भन्छौं । कृषि प्रदान देशमा कृषकहरुलाई आर्थिक तवरले वित्तीय अवस्थालाई सुधार गर्नमा यो कृषि विकास बैंक लिमिटेडले धेरै ठूलो भुमिका निर्वाह गर्दै आइरहेको कुरा देशव्यापी रुपमा सबैलाई थाहा भएको कुरा हो । अहिले यो कृषि विकास बैंक जुन छ । खुला अर्थनीतिको पोलिसी २०४६ सालपछि अघि बढेपछि धेरै प्राईवेट बैंकहरु आईसकेका छन् । आफूले पनि समयलाई राम्रोसँग बुझेर, त्यसको मागलाई  बुझेर कृषि र कृषकहरुलाई ध्यानमा केन्द्रित गरेर कृषि विकास बैंकले कसरी सहजीकरण गर्ने भन्ने कुरामा जोड दिनुपर्छ भन्ने कुरा तपाईहरुको गतिविधिबाट भईनै रहेको छ । अब त्यहाँका कर्मचारीहरु हितमा पनि लाग्नु पर्दछ भन्ने मलाई लागेको छ । कृषि विकास बैंकले खास गरेर सेवाग्राहीहरुलाई अलिसहज रुपमा सेवा प्रदान गरेर फाइनान्सियल रुपमा भईरहेको अपm्ठ्यारो फुकाउने गरी के लचिलो नीति अप्नाउने हो ? त्यस अनुसार अघि बढ्नुपर्छ भन्ने मलाई लागेको छ ।’

उपप्रधानमन्त्री सिंहले बैंक तथा वित्तीय संस्थाले संस्थाको उन्नति र प्रगतिका निम्ति पनि त्यहाँ कार्यरत कर्मचारीहरुको सेवा, सुविधा समयसापेक्ष बनाउन आवश्यक रहेको पनि बताउनु भयो ।


भर्खर

खुटियाको पानीले धनगढीको जमिन सिँचाइको योजनामा मेयर हमालको चाँसो

धनगढीः कैलालीका खुटिया नदीको पानीले धनगढीको जमिन सिँचाइ गर्ने योजनामा मेयर गोपाल हमालले चाँसो देखाएका

बझाङमा दुई बालबालिकाको डुबेर मृत्यु

बझाङः बझाङ जिल्लाको वित्थडचिर गाउँपालिकामा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयकाले दिएको

धनगढीमा प्रहरी कार्यालयको छतबाट खसेर भान्छेको मृत्यु

धनगढीः सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको मेसको छतबाट खसेका भान्छेको मृत्यु भएको छ । सरसफाइ