‘बी’ डिभिजन लिगको उद्घाटनमा च्यासल र वीरगन्जको बराबरी

Sunday March 9, 2025

पढ्न लाग्ने समय :


च्यासल युथ क्लव र वीरगञ्ज युनाइटेडले सहिद स्मारक ‘बी’ डिभिजन लिगको उद्घाटन खेलमा बराबरीको नतिजा सामना गरेको छ ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आईतवार भएको उद्घाटन खेलमा च्यासल र वीरगञ्ज युनाइटेडले गोलरहित बराबरीमा खेलेको हो । दुवै टोलीबाट धेरै अवसर सिर्जना गरे पनि गोल सम्भव नभएपछि अंक बाँडेका हुन् । चार वर्षअघिको ‘बी’ डिभिजन लिग वीरगञ्जले नवौं स्थानमा रहँदै समाप्त गरेको थियो । सिंगल राउन्ड रोबिनमा भएको उक्त लिगमा वीरगञ्जले १३ खेलमा चार जित, चार बराबरी र पाँच हारसहित १६ अंक जोडेको थियो । च्यासल भने सोही साल पुछारमा रहँदै शीर्ष डिभिजनबाट घटुवा भएको टोली हो । च्यासलले शीर्ष डिभिजनका १३ खेलमा एक जित, तीन बराबरी र नौ हारसहित ६ अंक मात्रै बटुलेको थियो ।
त्यतिबेला च्यासलसँगै बिग्रेड ब्वाइज क्लब पनि ‘बी’ डिभिजनमा घटुवा भएको थियो । बिग्रेड ब्वाइजले भने फागुन २६ गते श्रीकुमार क्लबलाई चुनौती पेस गर्नेछ । उक्त खेल अपराह्न ३ः३० बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा शुरु भएको लिगमा च्यासल, वीरगन्ज, बिग्रेड ब्वाइज र श्रीकुमारीसहित १४ क्लबको सहभागी छन् ।


भर्खर

खुटियाको पानीले धनगढीको जमिन सिँचाइको योजनामा मेयर हमालको चाँसो

धनगढीः कैलालीका खुटिया नदीको पानीले धनगढीको जमिन सिँचाइ गर्ने योजनामा मेयर गोपाल हमालले चाँसो देखाएका

बझाङमा दुई बालबालिकाको डुबेर मृत्यु

बझाङः बझाङ जिल्लाको वित्थडचिर गाउँपालिकामा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयकाले दिएको

धनगढीमा प्रहरी कार्यालयको छतबाट खसेर भान्छेको मृत्यु

धनगढीः सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको मेसको छतबाट खसेका भान्छेको मृत्यु भएको छ । सरसफाइ