बाटोमा हिँडिरहेकी युवतीलाई अश्लील हर्कत गरेको आरोपमा एक जना पक्राउ

Monday July 6, 2026

पढ्न लाग्ने समय :


काठमाडौं : ललितपुरको इमाडोलमा बाटोमा हिँडिरहेकी युवतीलाई गोप्य अङ्ग प्रदर्शन तथा अश्लील हर्कत गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडी घर भई इमाडोल बस्दै आएका ५५ वर्षीय सुरेन्द्र भट्ट छन् ।

उनलाई सोमबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, ललितपुरका प्रवक्ता गौतम मिश्रले लोकान्तरलाई जानकारी दिए ।
प्रहरीका अनुसार भट्ट सिंहदरबारस्थित रक्षा मन्त्रालयमा शिक्षा अधिकृतको रूपमा कार्यरत रहेको खुलेको छ। बाटोमा एक्लै हिँडिरहेको समयमा अश्लील हर्कत गरेको भन्दै एक युवतीले टिकटकमार्फत एउटा सार्वजनिक गरेकी थिइन् ।

युवतीले आइतबार साँझ टिकटकमा भिडियो अपलोड गरेपछि प्रहरीले उनको खोजी गरेको थियो । पक्राउ परेका भट्टलाई प्रहरी वृत्तको सातदोबाटोको हिरासतमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


भर्खर

कैलालीका नदीमा डल्फिनको चहलपहल

घोडाघोडी: नदीमा पानीको सतह बढ्न थालेपछि यहाँस्थित नदीमा डल्फिनको चहलपहल बढेको छ। कर्णालीका सहायक नदीअन्तर्गत

सुदूरपश्चिममा रासायनिक मलको अभावमै रोपाई

धनगढी : यस वर्ष सुदूरपश्चिममा रासायनिक मलको अभाव उच्च रह्यो । लामो समय मल पाउने

शुक्लाफाँटामा बाघको आक्रमणबाट महिला घाइते

धनगढीः कञ्चनपुरमा बाघको आक्रमणमा परेर एक महिला घाइते भएकी छन्। जिल्लाको बेलडाँडी गाउँपालिका–५ झिलमिलाकी एक