बाजुराबाट गर्भवती महिलाको कोल्टीमार्फत उद्धार

Monday June 22, 2026

पढ्न लाग्ने समय :


बाजुरा : बाजुराको कोल्टी अस्पातलबाट एक गर्भवती महिलाको हवाई उद्धार गरिएको छ। जगन्नाथ गाउँपालिका–५ की २३ वर्षीया विपना सार्कीको स्वास्थ्य अवस्था जटिल बनेपछि कोल्टीबाट हवाई उद्धार गरी थप उपचारका लागि सुर्खेत पठाइएको हो।
जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार सार्कीलाई उपचारका लागि कोल्टी अस्पतालमा ल्याइएको थियो। अस्पतालमा स्वास्थ्य परीक्षणका क्रममा अवस्था जटिल देखिएपछि थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा रिफर गरिएको जनाइएको छ।
राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत विपना सार्कीको हवाई उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ। दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पहुँचको अभावका कारण जटिल अवस्थाका गर्भवती तथा सुत्केरी महिलालाई समयमै उपचार उपलब्ध गराउन सरकारले उक्त कार्यक्रम सञ्चालन गर्दै आएको छ।


भर्खर

बर्दियामा लोपोन्मुख वन्यजन्तु ‘ओद’ को छालासहित एक युवक पक्राउ 

बर्दियाको राजापुर नगरपालिका–१ दौलतपुरबाट लोपोन्मुख वन्यजन्तु ओदको छालासहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी

कैलालीमा ईभी दुर्घटना

धनगढी : कैलालीमा ईभी हाईस दुर्घटना हुँँदा तीन जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग

काठमाडौँको गेस्ट हाउसमा धनगढीकी युवतीको हत्या

काठमाडौँ : काठमाडौँको नयाँ बसपार्क स्थित गेस्टहाउसमा मृत भेटिएकी निशा सुनुवारको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको