बझाङका एक पुरुषको शव मकैबारीमा भेटियो, ६ जना पक्राउ

Sunday July 5, 2026

पढ्न लाग्ने समय :


धनगढी : बझाङमा एक जनाको हत्या भएको छ । केदारस्युँ गाउँपालिका–६ को त्याडीगाउँका ४२ वर्षीय मोहनबहादुर बोहराको हत्या भएको प्रहरीले जनाएको छ ।
उनको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले अनुसन्धानका लागि ६ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक९डीएसपी० टेकबहादुर जोराले शुक्रबार साँझ आपसी विवादका क्रममा बोहराको हत्या गरेको पाइएको बताए ।

उनकाअनुसार हत्यामा संलग्न भएको आशंकामा ६ जनालाई नियन्त्रणमा लिएर अनुुसन्धान भइरहेको छ । बोहराको शव मकै बारीमा फालेको अवस्थामा फेला परेको छ ।

डीएसपी जोराले अहिले उनीहरुमाथि अनुसन्धान भइरहेको बताउँदै घटनाबारे विस्तृत विवरण त्यसपछि सार्वजनिक गरिने जानकारी दिएका छन् ।


भर्खर

कैलालीका नदीमा डल्फिनको चहलपहल

घोडाघोडी: नदीमा पानीको सतह बढ्न थालेपछि यहाँस्थित नदीमा डल्फिनको चहलपहल बढेको छ। कर्णालीका सहायक नदीअन्तर्गत

सुदूरपश्चिममा रासायनिक मलको अभावमै रोपाई

धनगढी : यस वर्ष सुदूरपश्चिममा रासायनिक मलको अभाव उच्च रह्यो । लामो समय मल पाउने

शुक्लाफाँटामा बाघको आक्रमणबाट महिला घाइते

धनगढीः कञ्चनपुरमा बाघको आक्रमणमा परेर एक महिला घाइते भएकी छन्। जिल्लाको बेलडाँडी गाउँपालिका–५ झिलमिलाकी एक