फोटो पत्रकार महासङ्घ कैलालीको अध्यक्षमा रमित पाण्डे

Tuesday March 24, 2026

पढ्न लाग्ने समय :


धनगढी : नेपाल फोटो पत्रकार महासङ्घ कैलाली शाखाको अध्यक्षमा रमित पाण्डे चयन भएका छन। जिल्लाको पाँचौँ अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको हो। अधिवेशनले रमित पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्षमा राजन जैगडी, सचिवमा लवदेव धामी, सह–सचिवमा रक्षा बागचन चयन भएका छन्। त्यस्तै, कोषाध्यक्षमा भरत रिमाल र सह–कोषाध्यक्षमा यमुना साउँद निर्वाचित भएका छन्।

सदस्यहरूमा ज्ञानु चौधरी, रोहित नागरी, सावित्री जोशी, प्रमेश चौधरी र जगत साउँद चयन भएका छन्।

पाँचौँ अधिवेशनबाट चयन भएको नयाँ कार्यसमितिले फोटो पत्रकारिताको विकास, व्यवसायिक सुदृढीकरण तथा पत्रकारहरूको हकहित संरक्षणमा सक्रिय भएर काम गर्ने फोटोपत्रकार महासङ्घ कैलालीका नवनिर्वाचित अध्यक्ष पाण्डेले बताए।

 


भर्खर

बर्दियामा लोपोन्मुख वन्यजन्तु ‘ओद’ को छालासहित एक युवक पक्राउ 

बर्दियाको राजापुर नगरपालिका–१ दौलतपुरबाट लोपोन्मुख वन्यजन्तु ओदको छालासहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी

कैलालीमा ईभी दुर्घटना

धनगढी : कैलालीमा ईभी हाईस दुर्घटना हुँँदा तीन जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग

काठमाडौँको गेस्ट हाउसमा धनगढीकी युवतीको हत्या

काठमाडौँ : काठमाडौँको नयाँ बसपार्क स्थित गेस्टहाउसमा मृत भेटिएकी निशा सुनुवारको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको