फिलिपिन्सको लुजोन टापुमा सेनाको आक्रमणमा पाँच विद्रोहीको मृत्यु

Monday August 21, 2023

पढ्न लाग्ने समय :


एजेन्सी । फिलिपिन्सको सेनाले लुजोन टापुको बिकोल क्षेत्रमा अघिल्लो हप्ता गरेको दुईवटा छुट्टाछुट्टै कारबाहीमा पाँच संदिग्ध विद्रोहीको मृत्यु भएको छ ।

सेनाले शनिबार दिउँसो करिब २० न्यु पिपुल्स आर्मी (एनपीए) विद्रोहीसँग सो क्षेत्रको टापु प्रान्त मासबेटमा भीडन्त भएको जनाएको छ। गोली हानाहानमा एक जना नेतासहित तीन जनाको मृत्यु भएको बताइएको छ ।

करिब ३० मिनेटको भीडन्तपछि अन्य विद्रोहीहरू भागेको सेनाले जनाएको छ । सेनाले राइफल, ग्रेनेड लन्चर र विभिन्न गोला बारुद बरामद गरेको जानकारी दिएको छ ।

दोस्रो झडप शनिबार क्यामरिनेस सुर प्रान्तमा भएको थियो जसमा एनपीए उच्च पदस्थ सदस्यको मृत्यु भएको थियो ।

एनपिए विद्रोहीहरू सन् १९६९ देखि सरकारी सेनाहरूसँग लड्दै आएका छन्। तिनीहरूले ग्रामीण क्षेत्रमा आफ्ना आक्रमणहरू केन्द्रित गर्दै सेनासँग झडप गरिरहेका छन् । सैन्य तथ्याङ्कले जनाएअनुसार एनपीएमा २,००० सदस्यहरू छन्।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको