फाप्ला निर्माण प्रदेश सरकारको प्राथमिकतामा छ : मुख्यमन्त्री शाह

Saturday March 21, 2026

पढ्न लाग्ने समय :


धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला तथा खेलग्राम निर्माण प्रदेश सरकारको पनि विशेष प्राथमिकतामा रहेको बताएका छन् ।

शनिवार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला तथा खेलग्राम समितिका अध्यक्ष सुवाश शाहीबीच भएको भेटमा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला तथा खेलग्राम निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

भेटका क्रममा अध्यक्ष शाहीले परियोजनाको हालसम्म भएको प्रगति विवरण मुख्यमन्त्रीलाई जानकारी गराउँदै आगामी बजेटमा प्रदेश सरकारले पनि परियोजनालाई प्राथमिकता राख्न आग्रह गरेका थिए ।

जवाफमा मुख्यमन्त्री शाहले सुदूरपश्चिमको गेमचेञ्चरका रुपमा रहेको परियोजना निर्माणका लागि सुदूरपश्चिम प्रदेशले उच्च प्राथमिकतामा राखेको र थप बजेट विनियोजनका लागि संघीय प्रदेश सरकारसँग पनि आवश्यक पहल गर्ने मुख्यमन्त्री शाहले प्रतिबद्धता जनाए ।

धनगढीमा निर्माणाधीन खेलग्रामको डीपीआर निर्माण तथा वातावरणीय प्रभाव मूल्याङ्कन(इआईए) जस्ता प्राविधिक कामहरू सम्पन्न सकेका छन् । पहिलो चरणमा परियोजना निर्माणका लागि झण्डै ११ अर्ब रुपैयाँ बजेट आवश्यक पर्ने अध्यक्ष शाहीले बताए ।


भर्खर

कैलालीको स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्त

काठमाडौँः कैलालीको गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्त गरिएको छ। सिफारिस

भारी वर्षाको पूर्वानुमान

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर

अछाममा युवतीमाथि करणी, एक युवक पक्राउ

धनगढी :अछाममा १७ वर्षीया युुवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले युवकलाई पक्राउ गरेको छ ।