फाप्ला क्रिकेट रंगशाला निर्माणलाई गति दिन पूर्वाधार विकास मन्त्री लम्सालको स्थलगत निरीक्षण

Friday June 12, 2026

पढ्न लाग्ने समय :


धनगढी : नेपाल सरकारका पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले शुक्रबार फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा स्पोर्ट्स भिलेज परियोजनाको स्थलगत अनुगमन तथा निरीक्षण गरेका छन्।
परियोजनाको निर्माण कार्यलाई थप तीव्रता र प्रभावकारी ढंगले अघि बढाउने उद्देश्यले गरिएको भ्रमणका क्रममा मन्त्री लम्सालले परियोजना निर्धारित समयमै सम्पन्न हुने विश्वास व्यक्त गरे। उनले फाप्ला परियोजना सुदूरपश्चिम प्रदेशको खेलकुद विकाससँगै पर्यटन प्रवर्द्धन र आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए।
‘गेम चेन्जर’ परियोजनाका रूपमा हेरिएको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा स्पोर्ट्स भिलेजलाई सफलतापूर्वक सम्पन्न गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको मन्त्री लम्सालले उल्लेख गरे।
भ्रमणका अवसरमा सम्बन्धित सरोकारवाला पक्षहरूले परियोजनाप्रति मन्त्री लम्सालले देखाएको चासो, प्रतिबद्धता र स्थलगत उपस्थितिका लागि धन्यवाद व्यक्त गरेका थिए।


भर्खर

बर्दियामा लोपोन्मुख वन्यजन्तु ‘ओद’ को छालासहित एक युवक पक्राउ 

बर्दियाको राजापुर नगरपालिका–१ दौलतपुरबाट लोपोन्मुख वन्यजन्तु ओदको छालासहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी

कैलालीमा ईभी दुर्घटना

धनगढी : कैलालीमा ईभी हाईस दुर्घटना हुँँदा तीन जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग

काठमाडौँको गेस्ट हाउसमा धनगढीकी युवतीको हत्या

काठमाडौँ : काठमाडौँको नयाँ बसपार्क स्थित गेस्टहाउसमा मृत भेटिएकी निशा सुनुवारको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको