प्रेम आलेले निर्वाचनमा पैसा खाने ५७ काँग्रेसीहरूको नाम मनु शाहलाई बुझाए

Monday March 23, 2026

पढ्न लाग्ने समय :


धनगढीः कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ मा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार प्रेमबहादुर आलेमगरले आफूले निर्वाचनमा रकम बाढेको सार्वजनिक गरेका छन्। गत फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा आलेले ५७ जना काँग्रेसीलाई रकम दिएका हुन्।

नेपाली काँग्रेसबाट कैलाली–५ मा उम्मेदवार बनेका नरनारायण शाहले नै ५७ जना काँग्रेसका नेताहरूले प्रेम आलेबाट रकम बुझेको बताएका हुन्। एक सञ्चार माध्यममा कुराकानी गर्दै शाहले नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार प्रेमबहादुर आलेले नै आफूलाई भेटेर पैसा बुझ्ने ५७ जनाको नामावली नै दिएको दाबी गरेका छन्। शाहले नेतृत्व तहमै बसेका नेताहरू आलेबाट पैसा बुझेको बताएका हुन्।

तर, उनले क–कसले पैसा बुझेका हुन् भन्ने कुरा भनेका खुलाएका छैनन्। कुराकानीको क्रममा चुनावमा पैसाको चलखेल भएको प्रसँगमा शाहलाई नै भेटेर आलेले पैसा खाने काँग्रेसीको लिष्ट बुझाएको दाबी गरिएको छ। तर, कुन नेताले कति रकम बुझे भनेर थप खुलाइएको छैन। शाहले आलेबाट रकम बुझ्ने नेताहरूको नाम सार्वजनिक गरे पार्टी नै नरहने अवस्था आउने बताएका छन्। त्यसैले कसैको पनि नाम सार्वजनिक नगरेको उनले बताएका छन्।

आलेबाट ५७ जना काँग्रेस नेताहरूले चुनावको बेला रकम खाएको विषय सार्वजनिक भएपछि अहिले सामाजिक सञ्जाल तातेको छ। सामाजिक सञ्जालमा रकम बुझ्ने काँग्रेसीहरू को–को हुन? भन्दै प्रश्न गरिएको छ। काँग्रेसीहरुलाई रकम दिएको विषयमा प्रतिक्रियाका लागि फोन गर्दा आलेले उठाएनन्।

कैलाली–५ मा काँग्रेसबाट उम्मेदवार बनाएका शाह रास्वपाका उम्मेदवारसँग पराजित भएका थिए। प्रेमबहादुर आले भने तेस्रो भएका थिए। रास्वपाका चन्द कुल ३१ हजार ९ सय ५३ मत प्राप्त गर्दै विजयी भएका हुन्। काँग्रेसका शाहले ११ हजार ९५८ मत प्राप्त गरका थिए भने नेपाली कम्युनिस्ट पार्टीका आलेले ७ हजार ८७६ मत मात्र प्राप्त गरेका थिए।

 

 


भर्खर

कैलालीका नदीमा डल्फिनको चहलपहल

घोडाघोडी: नदीमा पानीको सतह बढ्न थालेपछि यहाँस्थित नदीमा डल्फिनको चहलपहल बढेको छ। कर्णालीका सहायक नदीअन्तर्गत

सुदूरपश्चिममा रासायनिक मलको अभावमै रोपाई

धनगढी : यस वर्ष सुदूरपश्चिममा रासायनिक मलको अभाव उच्च रह्यो । लामो समय मल पाउने

शुक्लाफाँटामा बाघको आक्रमणबाट महिला घाइते

धनगढीः कञ्चनपुरमा बाघको आक्रमणमा परेर एक महिला घाइते भएकी छन्। जिल्लाको बेलडाँडी गाउँपालिका–५ झिलमिलाकी एक