प्रधान सेनापतिसहित सुरक्षा प्रमुखहरुद्वारा संयमित रहन अपिल

Tuesday September 9, 2025

पढ्न लाग्ने समय :


न्युज नेपाल समाचार
धनगढी, भदौ २४ गते ।

नेपाल सरकारका मुख्य सचिव, नेपाली सेनाका प्रधान सेनापती, गृह सचिव तथा सुरक्षा निकायका प्रमुखहरुले मुलुकको अहिलेको विषम परिस्थितिमा राजनीतिक संवादका माध्यमबाट छिटो शान्तिपूर्ण समाधान निकाल्न आह्वान गरेका छन् ।

मुख्य सचिव एकनारायण अर्याल, प्रधान सेनापति अशोकराज सिग्देल , गृह सचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरीका महानिरिक्षक चन्द्रकुबेर खापुङ र प्रमुख अनुसन्धान निर्देशक हुतराज थापाले मंगलबार अपरान्ह संयुक्त अपिल जारी गर्दै विषम परिस्थितिमा थप जनधनको क्षती हुन नदिन आम नागरिक सबैमा संयमित हुन आग्रह गरेका हुन् ।

अपिलमा भनिएको छ– हिजोदेखि काठमाडौं लगायत मुलुकका विभिन्न भागमा भएको प्रदर्शनका क्रममा ठूलो जनधनको क्षती भएको उल्लेख गर्दै यसबाट ज्यान गुमाउने व्यक्तिहरुप्रति भावपूणृ श्रद्धान्जली व्यक्त गरिएको छ ।

अपिलमा प्रधानमन्त्रीको राजिनामा स्वीकृत समेत भएको हुँदा यस विषम परिस्थितिमा थप जनधनको क्षती हुन नदिन आग्रह गरिएको छ ।


भर्खर

धनगढीमा तातो हावाको लहर चल्ने

काठमाडौँ : असार ११ गते देशका विभिन्न सहरहरूमा मौसमको विविध रूप देखिने भएको छ। केही

कैलालीको घोडाघोडीमा १५ शय्याको नगर अस्पताल अलपत्र

धनगढी : कैलालीको घोडाघोडी नगरपालिकामा निर्माणाधीन १५ शय्याको आधारभूत नगर अस्पतालको काम अपूरै रहेको छ ।

पोखरीमा डुबेर बालकको मृत्यु

धनगढी : दार्चुलाको नौगाड गाउँपालिका–२ दल्लेखमा पानी पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ। स्थानीय