प्रधानमन्त्री विश्वविद्यालयको कुलपति हुने व्यवस्था हटाउने बारे छलफल हुदैछ:मन्त्री पुन

Monday October 20, 2025

पढ्न लाग्ने समय :


न्युज नेपाल समाचार
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले प्रधानमन्त्री विश्वविद्यालयको कुलपति हुने व्यवस्था हटाउने बारे छलफल भइरहेको बताउनु भएको छ ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा उहाले अहिलेसम्म विशवविद्यालयको कुलपति प्रधानमन्त्री हुने चलन रहेकोमा अव परिवर्तन गर्नेबारे छलफल जारी रहेको बाउनु भयो । विश्वविद्यालयको कुलपति सम्बन्धी वयवस्था परिवर्तन गर्न कानुनी व्यवस्था गर्नुपर्ने उहाले बताउनु भयो । अहिले संसद् नभएकाले कानुन बनाउने स्थिति पनि नरहेको उहाले उल्लेख गर्नुभयो ।
एक अर्को प्रसंगमा मन्त्री पुनले जेनजी आन्दोलनको क्रममा उत्तरपुस्तिका जलेसँगै पुनः परीक्षा गर्न खर्चिलो हुने बताउनु भयो । आन्दोलनमा उत्तरपुस्तिका जलेकाले फेरि परीक्षा गर्न एक करोड ७५ लाख खर्च हुने मन्त्री पुनको भनाई छ ।
उहाले आन्दोलनका क्रममा विभिन्न प्रदेश र जिल्लाका उत्तरपुस्तिका बारे विवरण संकलन गर्ने काम भइरहेको जानकारी दिनुभयो ।


भर्खर

रुकुमपश्चिम जीप दुर्घटना : मृतक ८ जनाको पहिचान खुल्या

न्युज नेपाल समाचार रुकुमपश्चिममा भएको जीप दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरुको सनाखत भएको छ ।

कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ

न्युज नेपाल समाचार कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका–२

छठ पर्व आजदेखि विधिवत रूपमा सुरु

न्युज नेपाल समाचार सूर्यदेवको आराधना गरी चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आजदेखि