प्रधानमन्त्रीको प्रश्न– सरकारी सम्पत्तिमा आगो लगाउनेलाई कसरी नेपाली भन्ने ?

Sunday September 14, 2025

पढ्न लाग्ने समय :


न्युज नेपाल समाचार
धनगढी, भदौ २९ गते । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले सरकारी संस्था र सम्पत्तिमा आगोे लगाउनेहरुलाई नेपाली भन्न नसकिने जिकिर गरेकी छिन् । प्रधानमन्त्री कार्कीले योजनावद्ध रुपमा छानीछानी सरकारी, सार्वजनिक सम्पत्ति, व्यक्तिगत सम्पत्तिमाथि आक्रमण भएको बताइन् ।

आइतबार सिंहदरबारमा पदभार ग्रहण गर्दै प्रधानमन्त्रीले राज्य सञ्चालन गर्ने संस्थाहरुमाथि छानीछानी आगजानी गरिएको बताइन् । “सुरक्षा निकाय, अदालत, प्रशासनिक भवनहरुमा आजगानी हुँदा महत्वपूर्ण कागजातहरु नष्ट भएका छन्” उनले भनिन्– यो सबै देखेर मलाई लाज समेत लागेको छ ।

संसद, सिंहदरबार, अदालत, मन्त्रालय आदि सरकारी सम्पत्तिमा आगजनी नेपाली हुन नसक्ने प्रधानमन्त्री कार्कीको भनाई छ । “सरकारी संस्थामा आगजनी गर्नेलाई नेपाली कसरी भन्ने ?” प्रश्न गर्दै उनले यसप्रकारको घटना पहिलो पटक भएको पनि जिकिर गरिन् । उनले पूर्वनियोजित योजना अनुसार नै यस्तो किसिमको घटना भएको आशंका गरिन् । भौतिक क्षतिलाई बनाउन सकिए पनि महत्वपूर्ण दस्तावेजहरु अब पाउन नसकिने उनको भनाई छ ।

प्रधानमन्त्री कार्कीले आगजानी गर्नेलाई अनुसन्धान गरेर कारबाहीको दायरमा ल्याउने दृढता पनि व्यक्त गरिन् । प्रधानमन्त्रीले प्रहरी बिटहरु, सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, सिंहदरबार लगायतमा लगाइएको आगोले सम्पूर्ण नष्ट भएर देश शुन्यमा पुगेको बताइन् । जेनजी नामका आन्दोलनमा भदौ २४ गते प्रर्दशनकारीहरुले विभिन्न सरकारी संस्था, राजनितिक दलका पार्टी कार्यलय, व्यवसायिक प्रतिष्ठान तथा व्यक्तिका घरहरुमा आगजानी गरिएको थियो ।


भर्खर

दाङमा एलपी ग्यास आपूर्तिमा समस्या, अत्यावश्यक बाहेक जिल्ला बाहिर लैजान प्रशासनको रोक

दाङ जिल्लामा खाना पकाउने एलपी ग्यासको आपूर्तिमा देखिएको समस्यालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय दाङले

भदौको पहिलो सातासम्म बजारमा आउँदै बाजुराको अग्र्यानिक स्याउ

बाजुरा । बाजुराको अग्र्यानिक स्याउ यस वर्ष भदौको पहिलो सातासम्म बजारमा ल्याउने तयारी गरिएको छ।

दार्चुलाको चमेलिया जलविद्युत आयोजना निर्माण प्रक्रिया अघि बढ्यो

सुदूरपश्चिम प्रदेशको दार्चुलाको चमेलिया नदीमा मध्य चमेलिया जलविद्युत आयोजना निर्माण प्रक्रिया अघि बढाइएको छ ।