पूर्वप्रधानन्यायाधीस कार्की आजै प्रधानमन्त्री नियुक्त हुँदै । आजै सपथ ग्रहण । प्रतिनिधि सभा विघटन हुने ।

Friday September 12, 2025

पढ्न लाग्ने समय :


न्युज नेपाल समाचार
धनगढी, भदौ २७ गते । तीन दिनको लगातारको छलफलपछि अन्नतः पूर्वप्रधान्यायाधीश सुशीला कार्की आजै प्रधानमन्त्री नियुक्त हुने भएकी छिन् । शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल, पूर्व प्रधानन्यायाधीस कार्की र जेनजी प्रतिनिधिहरुको शुक्रबार साँझको छलफलपछि उनलाई आजै पद तथा गोपनीयताको शपथ ग्रहण गराउने तयारी भएको छ । प्रतिनिधि सभा बिघटन गरेर अन्तरिम सरकार गठन गर्ने सहमति पनि जुटेको छ । कानून तथा संविधानविद, राजनीतिक दल, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, अधिकारकर्मी लगायतले संविधानसम्मत रुपमा अन्तरिम सरकार बनाउनु पर्ने स्पष्ट अडान राख्दै आए पनि जेनजी आन्दोलनकारीहरुको दवावपछि राष्ट्रपति पौडेल प्रतिनिधि सभा विघटन गरेर अन्तरिम सरकार गठनका लागि सहमत भएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार, पूर्वप्रधानन्यायाधीश कार्कीको अडान र आन्दोलनरत जेनजीहरूको दबाबपछि राष्ट्रपति पौडेल अन्ततः संसद् विघटन गरेर अन्तरिम सरकार गठनका लागि निकास दिन तयार भएका हुन् ।

शुक्रबार पनि बिहानैदेखि राष्ट्रपति पौडेलले विभिन्न दलका नेता, प्रधानसेनापति र जेनजीका प्रतिनिधिहरूसँग छलफल गरेका थिए । बिहीबार राति अन्तरिम सरकार प्रमुखको रूपमा प्रस्ताव गरिएकी पूर्वप्रधानन्यायाधीश कार्कीसँग पनि राष्ट्रपति पौडेलले छलफल गरेका थिए ।


भर्खर

बर्दियामा लोपोन्मुख वन्यजन्तु ‘ओद’ को छालासहित एक युवक पक्राउ 

बर्दियाको राजापुर नगरपालिका–१ दौलतपुरबाट लोपोन्मुख वन्यजन्तु ओदको छालासहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी

कैलालीमा ईभी दुर्घटना

धनगढी : कैलालीमा ईभी हाईस दुर्घटना हुँँदा तीन जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग

काठमाडौँको गेस्ट हाउसमा धनगढीकी युवतीको हत्या

काठमाडौँ : काठमाडौँको नयाँ बसपार्क स्थित गेस्टहाउसमा मृत भेटिएकी निशा सुनुवारको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको