पुर्नवासमा भारतबाट आउने सुर्ती बिडी र नेपालबाट जाने पलपल सशस्त्र प्रहरीको नियन्त्रणमा

Sunday June 14, 2026

पढ्न लाग्ने समय :


बेलौरी : कञ्चनपुरको पुर्नवासबाट भन्सार छली गरी नेपाल ल्याइएका सुर्तीजन्य पदार्थ सशस्त्र प्रहरीले बरामद गरेको छ ।

आइतबार सशस्त्र प्रहरी बल नेपाल बिओपि आँपतालबाट खटिएको सशस्त्र प्रहरी टोलीले पुनर्वास नगरपालिका – ४ ‘घ’ गाउँमा ५६ हजार ३ सय बराबरको सुर्तीजन्य पदार्थ बरामद गरेको हो ।
बरामद गरिएका समानलाई आवश्यक कारबाहीको लागी त्रिनगर भन्सार कार्यालय धनगढी पठाइएको छ । त्यस्तै सशस्त्र प्रहरीले नेपालबाट भारततर्फ गइरहेको मदिरा ९पलपल ० समेत बरामद गरेको छ । शनिवार पुर्नवासको सीमा इलाकाबाट घोडा टाँगामा नेपालबाट अवैध रूपमा भारततर्फ लग्दै गरेको १० पेटी पलपल ९मादक पदार्थ० सशस्त्र प्रहरीले बरामद गरेको थियो ।
सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट डोकेबजारबाट खटिएको टोलीले बरामद गरेको घोडा र टाँगालाई कैलाली भन्सार कार्यालयमा बुझाइएको छ भने मादक पदार्थलाई स्थानीय भद्रभलाद्मी र जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको जनाएको छ ।


भर्खर

भारी वर्षाको पूर्वानुमान

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर

अछाममा युवतीमाथि करणी, एक युवक पक्राउ

धनगढी :अछाममा १७ वर्षीया युुवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले युवकलाई पक्राउ गरेको छ ।

धनगढीबाट होटल सञ्चालकमाथि कुटपिट गर्ने युवक पक्राउ

धनगढी : कञ्चनपुरको महेन्द्रनगरमा गत जेठमा होटल सञ्चालकमाथि कुटपिट गरेर फरार भएका एक जना धनगढीबाट