पर्यटन र जलविद्युत् प्रदेश सरकारको मुख्य प्राथमिकतामा : मुख्यमन्त्री थापा

Saturday August 19, 2023

पढ्न लाग्ने समय :


मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले निजी क्षेत्रसँगको सहकार्यमा पर्यटन प्रवर्द्धन र जलविद्युत्को विकास प्रदेश सरकारको मुख्य प्राथमिकता भएको बताएका छन् ।

नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशको ११औँ वार्षिक साधारणसभा तथा सातौँ वार्षिक अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले प्रदेशमा २० हजारभन्दा बढी मेगावाट विद्युत् उत्पादन हुने विश्वास व्यक्त गर्दै त्यसको सदुपयोग गर्ने बताए ।

मुख्यमन्त्री थापाले निजी क्षेत्र जलविद्युत्मा लगानी गर्न तयार रहेको आफूले पाएको उल्लेख गर्दै आवश्यक कानुन निर्माण गरी यस क्षेत्रमा लगानी गर्न प्रोत्साहन गरिने विश्वास दिलाए ।

कोशी प्रदेशमा रहेको विश्वको सर्वोच्च शिखर सगरमाथा र सबैभन्दा होचो स्थान कचनकवललाई आवश्यक प्रचार–प्रसार गर्नुपर्नेमा जोड दिँदै उनले यस क्षेत्रमा बाह्य पर्यटकलाई आकर्षित गरेर विदेशी मुद्रा आर्जन गर्न सकिने बताए ।

नाट्टाका प्रदेश अध्यक्ष उदयकुमार श्रेष्ठ र सचिव पुण्य भट्टराईले पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रले सरकारलाई सदैव साथ सहयोग दिने प्रतिबद्धता व्यक्त गरे ।


भर्खर

जुवातास खेलिरहेका ९ जना पक्राउ

धनगढी: बझाङको जयपृथ्वी नगरपालिका–१०, चैनपुरस्थित प्रकाश बिकको घरको कोठामा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्याे फिफा विश्वकपको उपाधि

काठमाडौं : अर्जेन्टिनालाई हराउँदै स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । अमेरिकाको न्युयोर्कस्थित

धनगढीमा सफ्टवेयरमार्फत अवैध मुद्रा कारोबार गर्ने गिरोहका दुई भारतीयसहित ९ जना नियन्त्रणमा

धनगढी:  कैलाली प्रहरीले धनगढी उपमहानगरपालिका–४ स्थित एक फ्ल्याटबाट सफ्टवेयरमार्फत अवैध मुद्रा कारोबार (हुण्डी) सञ्चालन गरिरहेको