नेपाल जलवायु अनुकुलन कोषको सदस्यमा पुनः मनोनित

Friday November 22, 2024

पढ्न लाग्ने समय :


नेपाल अल्पविकसित राष्ट्रहरुको समूह (एलडिसी)को तर्फबाट जलवायु अनुकुलन कोषको सदस्यको रुपमा पुनः मनोनयन भएको छ । अजरबैजानको बाकुमा जारी जलवायु सम्मेलनको क्रममा जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धीको व्यवस्थाअनुसार अनुकुलन कोषको बोर्ड सदस्यमा वन तथा वातावरण मन्त्रालयका उपसचिव नरेश शर्मा मनोनित हुनुभएको हो । बोर्ड सदस्यको लागि शर्मालाई नेपाल सरकारले प्रश्ताव गरेको थियो । एलडिसी समूहले शर्मालाई सन् २०२५÷२०२६ का लागि बोर्ड सदस्यको रुपमा मनोनयन गरेको हो । यो मनोनयनपछि नेपाललाई अनुकुलन कोषमा पहुँच बिस्तारका लागि सहज हुने र कार्यक्रम स्वीकृत गरी बजेट ल्याउन सहजीकरण हुने मनोनित सदस्य शर्माले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘जलवायु अनुकुलन कोषको बोर्ड सदस्यको रुपमा पुनः कार्य गर्न पाउँदा खुशी लागेको छ । नेपालसहित अन्य ४४ राष्ट्रको अनुकुलन सम्बन्धी क्रियाकलाप सञ्चालन गर्न बजेट र कार्यक्रम स्वीकृत गरी कार्यक्रम कार्यान्वयन गर्ने भुमिकामा मैले सहजीकरण गर्नेछु ।’

शर्माले यसअघि पनि सन् २०२२ देखि २०२४ सम्मका लागि बोर्ड सदस्यको रुपमा काम गरिसक्नुभएको छ । अझै पनि जलवायु अनुकुलन कोषको वैकल्पिक सदस्य, आर्टकर्टकल ६ दशमलव ४ को वैकल्पिक सदस्य,स्थानीय समुदाय तथा आदिवासीसँग सम्बन्धित समूहको वैकल्पिक सदस्य, हरित जलवायु कोष सदस्य,प्रविधि हस्तान्तरण र क्षमता अभिवृद्धि समितिको  सदस्य पद रिक्त छ । नेपालले यी पदमा क्षमतावान व्यक्तिलाई सदस्य बनाउने गरी पहल गर्न आवश्यक छ ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको