नेपालको क्रिकेटमा सुदूरपश्चिमको योगदान महत्वपूर्ण : मन्त्री देउवा

Saturday August 19, 2023

पढ्न लाग्ने समय :


धनगढी । सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवाले नेपालको क्रिकेटमा सुदुरपश्चिमको ठूलो योगदान रहेको बताएका छन् ।

कैलालीको धनगढीमा सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको दोस्रो साधारणसभाको उदघाटन समारोहमा मन्त्री देउवाले नेपाली क्रिकेटको व्यवस्थापन, समन्वय र खेलाडी उत्पादनका दृष्टीकोणले सुदूरपश्चिमले सधैँ अग्रणी भूमिका निर्वाह गरेको बताएका हुन् ।

सुदूरपश्चिमको क्रिकेटलगायत समग्र खेलकुदको विकासका लागि प्रदेश सरकारले आफनो तर्फबाट सक्ने सहयोग गर्ने उहाँले प्रतिवद्धता व्यक्त गरे ।  मन्त्री देउवाले फाप्ला क्रिकेट मैदान निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदनलगायत काम अघि बढाइएको जानकारी दिए ।

‘क्रिकेटसँगै सुदूरपश्चिमको खेलकुदमा लगानी बढाउनुपर्ने आवश्यकता छ,’ उनले भने । प्रदेशको खेलकुदको विकासका लागि प्रदेश खेलकुद परिषद्ले परीणाममुखि काम देखाउन बाँकी रहेको मन्त्री देउवाको भनाइ थियो ।

कार्यक्रममा नेपाल क्रिकेट सङ्घ (क्यान)का केन्द्रीय अध्यक्ष चतुरबहादुर चन्दले आफनो वर्तमान कार्यकालमा कोरोना महामारीलगायत कारणले क्रिकेटको विकासका लागि पर्याप्त काम गर्न नसकेको बताए । उनले नेपालको क्रिकेट विकासका लागि अहिले स्वर्णिम समय रहेको उल्लेख गरे ।

‘नेपाली क्रिकेट खेलाडीलाई न्यून पारिश्रमिक दिएर  खेलाउनु परिरहेको छ,’ क्यान अध्यक्ष चन्दले भने, ‘सातवटै प्रदेश सरकारले कम्तीमा पाँच खेलाडीलाई आत्मनिर्भर बनाउने गरी खेलकुदका योजना अगाडी बढाउनुपर्ने आवश्यकता छ ।’  नेपाली क्रिकेटमा अब नाम र दाम कमाउन सक्ने वातावरण बनेको उल्लेख गर्दै उनले सुदूरपश्चिम क्रिकेटका लागि उर्वर भूमि भएको बताए । उनले नेपालको क्रिकेटको विकासका लागि क्यान सदैव सक्रिय रहँदै आएको बताए ।

साधारणसभामा सुदूरपश्चिम प्रदेशका आठ जिल्लाका क्रिकेट सङ्घका प्रतिनिधि सहभागी छन् ।


भर्खर

खुटियाको पानीले धनगढीको जमिन सिँचाइको योजनामा मेयर हमालको चाँसो

धनगढीः कैलालीका खुटिया नदीको पानीले धनगढीको जमिन सिँचाइ गर्ने योजनामा मेयर गोपाल हमालले चाँसो देखाएका

बझाङमा दुई बालबालिकाको डुबेर मृत्यु

बझाङः बझाङ जिल्लाको वित्थडचिर गाउँपालिकामा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयकाले दिएको

धनगढीमा प्रहरी कार्यालयको छतबाट खसेर भान्छेको मृत्यु

धनगढीः सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको मेसको छतबाट खसेका भान्छेको मृत्यु भएको छ । सरसफाइ