निजी शैक्षिक संस्थालाई प्रधानमन्त्रीको आग्रहः अत्याधिक मुनाफा लिने उद्देश्य नराख्नुस्

Monday March 10, 2025

पढ्न लाग्ने समय :


प्रधानमन्त्री केपी शर्मा ओलीले अत्याधिनक मुनाफा कमाउने उद्देश्यबाट निजी शैक्षिक संस्थाहरु खोल्न नहुने बताउनुभएको छ । सोमवार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपालको १६ औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले शिक्षा क्षेत्रमा लगानी बढाउन समेत निजी क्षेत्रलाई आग्रह गर्नुभयो । शिक्षा क्षेत्र उद्योग नभएकाले अत्याधिक मुनाफा कमाउने उद्देश्य नराख्न आग्रह गर्नुभयो । उहाँले देशको विकासका लागि सहयोगी हुने, दक्ष जनशक्ति निर्माण गर्ने, आफ्ना सन्ततीहरुलाई भविष्यका लागि योग्य, सक्षम नागरिकको रुपमा विकास गर्ने उद्देश्य राखेर निजी क्षेत्रले शैक्षिक संस्थाहरु खोल्नुपर्ने बताउनु भयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘शिक्षा क्षेत्रमा तपाईंहरु लगानी गर्नुस् । तपाईंहरुको सम्पती कसैले पनि खोस्दैन, खोस्न पाउँदैन । यो सम्पतीको हकभित्र पर्छ । नेपालमा सम्पतीको हकभित्र पर्दछ । तपाईंको सम्पती संविधान, नियम कानून बमोजिम, प्रचलन बमोजिम तपाईंहरुले स्वभाविक रुपमा आफ्नो सम्पती आफ्नो ढंगले प्रयोग गर्न पाउनुहुन्छ । यो उद्योग होइन है, त्यसकारण अत्याधिक मुनाफा ननिकाल्नुस् । यो आइटी कम्पनी होइन । अलिकति लगानी गरे धेरै आम्दानी भइहाल्छ । देशको विकासका लागि सहयोगी हुने, दक्ष जनशक्ति निर्माण गर्ने, आफ्ना सन्ततीहरुलाई भविष्यका लागि योग्य, सक्षम नागरिकको रुपमा विकास गर्ने तपाईंको मुल उद्देश्य हो । पैसा कमाउने उद्देश्य होइन ।’

प्रधानमन्त्री ओलीले समाजलाई अशोभनीय खालका कुराहरु हटाउनुपर्ने जरुरी रहेको बताउनु भयो । सिंगो समाजलाई अशोभनीय बनाउने प्रयास भइरहेको बताउनु भयो ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको