नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

Saturday August 26, 2023

पढ्न लाग्ने समय :


मुग्लिन । पहिराका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख, प्रहरी निरीक्षक विशाल तामाङका अनुसार साँझ ५ः४० बजेदेखि सडकमा दुईतर्फीरुपमा सवारी साधन चलन थालेका हुन् ।

चितवनको इच्छाकामना–६ स्थित नाम्सी पुल नजिकै अविरल वर्षासँगै पहिरो खसेपछि सवारी साधन एकतर्फी रुपमा सञ्चालन भइरहेको थियो । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार आज दिउँसो १ बजेदेखि दुईतर्फी नै सवारी आवागमन रोकी पहिरो पञ्छाउने काम सुरु गरिएको थियो । सडकको पहिरो हटाउन तीन वटा मेसिन प्रयोग गरिएको थियो ।


भर्खर

बजारमा ग्यास अभाव

भैरहवा:  बजारमा एलपी ग्यासको अभाव देखिएको भन्दै उपभोक्ताले चिन्ता व्यक्त गरेका छन्। ग्यास आयातमा कमी

शुक्लाफाँटाका ३२ किसानलाई अनुदानमा ‘मिनी टिलर’ वितरण

कञ्चनपुरः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का किसानलाई अनुदानमा मिनी पावर टिलर वितरण गरिएको छ। वडाले चालु

धनगढीको चैतन्य पाठशालाको रजत जयन्ती सुरु

धनगढीः धनगढीको चैतन्य पाठशालाको रजत जयन्ती)तथा अभिभावक दिवस शुक्रवारदेखि सुरु भएको छ। दुई दिनसम्म सञ्चालन