नाउपा त्याग्दै रेशमद्वारा नयाँ पार्टी घोषणा

Sunday September 14, 2025

पढ्न लाग्ने समय :


धनगढी, भदौ २९ गते ।
नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशमलाल चौधरीले पार्टी परित्याग गरेका छन् । उनले नयाँ पार्टी समेत घोषणा गरेका छन् । २०७२ साल भदौ ७ गतेको चर्चित टीकापुर हत्याकाण्डको योजनाकारको रुपमा लामो समय जेल बसेका रेशमले जसपा परित्याग गरेर नागरिक उन्मुक्ति पार्टी गठन गरेका थिए । कानुनी रुपमा आफूले नेतृत्व गर्न नमिलेपछि रेशम संरक्षकको रुपमा बसेर श्रीमती रञ्जिता श्रेष्ठ चौधरीलाई अध्यक्ष बनाएर दल दर्ता गरिएको थियो । तर, पछिल्ला वर्षहरुमा रेशम दम्पत्तिबीच नै सत्ताको झगडा र चरम विवाद बढेपछि नागरिक उन्मुक्ति पार्टी नै संकटमा परेको थियो ।

जेनजी युवा आन्दोलनलाई नैतिक रुपमा समर्थन जनाएका रेशमले आन्दोलनको ल्याएको नयाँ राजनीतिक परिवर्तन लगत्तै ‘नागरिक उन्मुक्ति नेपाल पार्टी, घोषणा गरेका छन् । उनले पार्टीमा धेरै विवाद हुँदै आएको बताउँदै त्यसमा पनि पछिल्लो पटक जेनजी आन्दोलनका क्रममा पार्टीले गरेको निर्णयप्रति आफूलाई चित्त नबुझेकोले पार्टी परित्याग गरेको बताए । जेनजी आन्दोलनलाई नाउपाले समर्थन गरेकोमा अध्यक्ष रञ्जिताले आठ दलको संयुक्त विज्ञप्तीमार्फत संसद पुनस्थापनाको माग गरेकी छिन् ।


भर्खर

कैलाली घर भएका सशस्त्र प्रहरीका हवल्दार ब्यारेकमै मृत भेटिए

बाँकेको नरैनापुर–४ स्थित सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म, ब्यारेकमा एक हवल्दार मृत भेटिएका छन्

सुनसरी तनावबारे प्रचण्डको चिन्ता : सरकार साझा समाधानतर्फ अग्रसर हुन नसकेको आरोप

नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा देखिएका संवेदनशील समस्याको साझा समाधान खोज्न सरकारppra अग्रसर हुन

सर्वदलीय बैठकमा सरकारको भूमिकामाथि कांग्रेस सभापति थापाको प्रश्न

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनापछि उत्पन्न परिस्थितिका विषयमा सरकार र प्रधानमन्त्रीको भूमिकामाथि प्रश्न