ध्वंसात्मक नभई रचनात्मक आलोचना गरौंः राष्ट्रिय सभा अध्यक्ष दाहाल

Monday December 16, 2024

पढ्न लाग्ने समय :


राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसदीय अभ्यासमा आलोचना गर्दा ध्वंसात्मक नभई रचनात्मक आलोचना गर्नुपर्ने बताउनुभएको छ । सोमवार काठमाडौंमा आयोजित ‘संसदीय पत्रकारिता अवधारणा र अभ्यास’नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो । उहाँले  संसदमै कतिपय सांसद एवं सचिवालयका पदाधिकारीहरुले गर्ने आलोचनाहरुमा रचनात्मकताको कमी देखिने गरेको बताउनु भयो । सबैले नियतवस ध्वंस फैलाउने गतिविधि गरेको कानून आकर्षित हुने बताउनु भयो ।

उहाँले संसदीय पत्रकारहरुले पनि सकारात्मक सन्देश दिने खालका समाचारहरु संपेषण गर्न जरुरी रहेको बताउनु भयो । उहाँले समाचारबाट नकारात्मक सन्देश गएको खण्डमा ध्वंसात्मक स्थिति सिर्जन हुने भएकाले यसतर्फ सबै सचेत हुन जरुरी रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘संसदीय हाम्रो चेत भनेको आलोचनात्मक चेत नै हो । आलोचनात्मक चेतबाट नै हामीले सोच्नुपर्ने हुन्छ । तर त्यो आलोचना रचनात्मक हुनुपर्दछ । ध्वंसात्मक हुने खालको हुनु हुँदैन । संसदमै यस्तो भएको पाइँदैन । संसदमा माननीयले अथवा पदाधिकारीहरुले गर्ने काममा कमिकमजोरी तथा अपुगता देखिन्छ । नियतमै खराबी छ भने त त्यसको लागि छुट्टै बहस होला । तरपनि कतिपय विषयवस्तुहरु अपुगताका कारणले पैदा भएका विषयवस्तुलाई रचनात्मक ढंगले दिनुपर्छ भन्ने मलाई लाग्छ । तपाईंहरुले दिने समाचारलाई पनि सकारात्मक ढंगले दिनुभयो भने सकारात्मक सन्देश जाने र त्यो अलिकति पनि नकारात्मक गएको अवस्थामा ध्वंसात्मक हुने स्थितिबाट हामी सचेत बनौं, यो मेरो अपिल हो ।

संसद सेवालाई अझै प्रभावकारी बनाउन सरोकारवाला सबैले सक्रियताका साथ काम गर्न जरुरी रहेको अध्यक्ष दाहालको भनाइ छ ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको