धनगढी–दीपायद द्रुतमार्गका आठमा २ पुलको काम पूरा

Monday February 9, 2026

पढ्न लाग्ने समय :


धनगढी : धनगढी–दीपायल द्रुतमार्गमा निर्माण हुने आठ पुलहरूमध्ये हालसम्म २ वटाको काम मात्रै पुरा भएको छ।

द्रुत मार्ग अन्तर्गत कैलाली र डोटीमा आठ वटा पुलहरुको ठेक्का सम्झौता गरिएको छ। पछिल्लो पटक कैलालीको हाटखोलीको पुलको ढलान भएको छ। भने मटेली खोलाको पुलको ढलानको तयारी गरिएको छ।

धनगढीदेखि दिपायल हुदै बझाङको उरै भन्ज्याङसम्मको द्रुतमार्गका निर्माण हुनुपर्ने अधिकांश पुल अझै पनि अधुरै रहेका छन्। अहिलेसम्म २ वटा पुलको काम मात्रै सकिएको छ । कैलालीको हाटखोलीमा पुल बनेपछि बर्खायाममा सहज हुने स्थानीयको अपेक्षा छ। स्थानीय मनिराम विकले बर्खाको समयमा हाटखोलीमा पुल नभएकाले समस्या हुने बताए। उनले भने, ‘हाटखोलीमाथि पनि पुल छन्। माथि काम भएको छैन। दोभान खोलाको पुलको काम हुँदैछ।’

२०७८ साल माघमा ६ वटा र २०७९ जेठमा दुईवटा गरी ८ वटा पुल निर्माणको ठेक्का सम्झौता भएको धनगढी दीपायल द्रुत मार्ग आयोजना कार्यालयले जनाएको छ। कार्यालयका सूचना अधिकारी दीपक देवकोटाले बाँकी पुलहरू २०८३ साल असारसम्म पुरा हुने बताए। उनले भने, ‘हाटखोली र मटेली सकियो। च्याप्टेमा वालहरूको काम भएको छ। ढलानको काम हुँदैछ। विपिनगरमाथिको नकुराडीको काम पनि हुँदैछ। नकुराडीको पुल सकिएको छ।’

सो सडक आयोजना अन्तर्गत सलेना, कालागाड, नकुराडी, चौकीगडा, मटेलीखोली, हाटखोली, चेप्टे, र ग्वाँसी खोलामा पुल निर्माण योजना रहेको छ। द्रुतमार्गका पुलहरु निर्माणको काम पूरा भएपछि सहज रुपमा यातायात सञ्चालन गर्ने कार्यालयको योजना रहेको छ। इन्जिनियर दीपक देवकोटाले असारसम्म सबै पुलको काम पुरा हुने बताए।

धनगढीदेखि बझाङको थलारासम्म एक ८६ किलोमिटर लामो सडक निर्माण गर्ने योजना रहेको छ । कैलाली र डोटीमा पुलहरू निर्माण भएपछि बझाङमा पुल आवश्यक नपर्ने योजना कार्यालयले बताएको छ ।

 


भर्खर

डोटीमा एमालेका दीपक धामी अगाडि

धनगढी : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत डोटीमा नेकपा एमालेका उम्मेदवार दीपक धामी अगाडि रहेका छन। जिल्लामा

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्द दुई हजार चार सय ६९ मतसहित अग्रस्थानमा

धनगढी : कैलालीको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गत भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र

सुदूरपश्चिममा ५०.९ प्रतिशत मतदान, कञ्चनपुरमा सबैभन्दा बढी

धनगढी : प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत सुदूरपश्चिम प्रदेशमा कुल ५०.९ प्रतिशत मतदान भएको