धनगढी उडेको श्री एयरलाइन्सको ककपिटमा धुवाँ देखिएपछि आपतकालीन अवतरण

Sunday June 28, 2026

पढ्न लाग्ने समय :


काठमाडौँ : काठमाडौंबाट धनगढीतर्फ उडेको श्री एयरलाइन्सको उडान नम्बर SHA 227 को जहाजले ककपिटमा धुवाँ देखिएपछि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरण गरेको छ।
विमानले करिब ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको थियो।
विमान उडानका क्रममा ककपिटमा धुवाँ देखिएपछि चालक दलले तत्काल सुरक्षा सतर्कता अपनाउँदै भैरहवामा आपतकालीन अवतरण गराएको विमानस्थल स्रोतले जनाएको छ।
विमान सुरक्षित रूपमा अवतरण भएको र जहाजमा सवार सबै यात्रु तथा चालक दलका सदस्य सकुशल रहेको बताइएको छ। घटनापछि सम्बन्धित प्राविधिक टोलीले जहाजको विस्तृत प्राविधिक परीक्षण सुरु गरेको छ भने धुवाँ देखिनुको कारणबारे अनुसन्धान भइरहेको छ।
काठमाडौँबाट भैरहवातर्फ श्री एयरलाइन्सको अर्को जहाज उडान भइसकेको र त्यहाँ अलपत्र परेका यात्रुलाई लिएर धनगढी प्रस्थान गर्ने विमानस्थलमा जेनेरल म्यानेजर श्यामकिशोर शाहले जानकारी दिए।


भर्खर

बर्दियामा लोपोन्मुख वन्यजन्तु ‘ओद’ को छालासहित एक युवक पक्राउ 

बर्दियाको राजापुर नगरपालिका–१ दौलतपुरबाट लोपोन्मुख वन्यजन्तु ओदको छालासहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी

कैलालीमा ईभी दुर्घटना

धनगढी : कैलालीमा ईभी हाईस दुर्घटना हुँँदा तीन जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग

काठमाडौँको गेस्ट हाउसमा धनगढीकी युवतीको हत्या

काठमाडौँ : काठमाडौँको नयाँ बसपार्क स्थित गेस्टहाउसमा मृत भेटिएकी निशा सुनुवारको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको