धनगढीमा २ करोडको लागतमा ‘धनगढी दरबार क्याफे’ सञ्चालनमा

Friday June 19, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीको धनगढीमा २ करोडको लागतमा क्याफे सञ्चालनमा आएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ५ हसनपुरमा चार जनाको संयुक्त लगानीमा धनगढी दरबार क्याफे सञ्चालनमा आएको हो।

धनगढी दरबार क्याफेले शुक्रवारदेखि औपचारिक रूपमा सेवा सुरु गरेको छ। धनगढी दरबार क्याफेमा क्याफेमा पाउने सुविधाहरू सबै रहेको सञ्चालक मध्यका एक शैलेन्द्र बस्नेतले बताए। उनले भने, ‘आज उद्घाटन गरेका छौ। चार जनाको मुख्य लगानी रहेको छ। यो मा १८ जनालाई रोजगारी दिएका छौ। शुद्धतालाई बढी ध्यान दिएका छौ। २ करोडको हाराहारीमा लगानी पुगेको छ। धनगढीमा यति धेरै लगानी भएको क्याफे पहिलो होला। पछाडि गार्डन पनि छ। होमडेलीभरी पनि गर्छाै। क्याबिनहरू पनि छन।’

धनगढी दरबार क्याफेमा खाना तथा नास्ताको सुविधा रहने छ। चार जना युवाहरू मिलेर सञ्चालन गरेको क्याफेमा १८ युवाहरूले रोजगारी पाएका छन। शुद्ध खाना र परिकारका लागि धनगढी दरकार क्याफेले विशेष ध्यान दिने बताइएको छ।

 


भर्खर

कैलालीको स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्त

काठमाडौँः कैलालीको गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्त गरिएको छ। सिफारिस

भारी वर्षाको पूर्वानुमान

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर

अछाममा युवतीमाथि करणी, एक युवक पक्राउ

धनगढी :अछाममा १७ वर्षीया युुवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले युवकलाई पक्राउ गरेको छ ।