धनगढीमा प्रहरीमाथि आक्रमण, दुई प्रहरीसहित तीन जना घाईते

Tuesday March 3, 2026

पढ्न लाग्ने समय :


धनगढी: कैलालीकाे धनगढीमा प्रहरीमाथि आक्रमण गरिएकाे छ। धनगढी उपमहानगरपालिका-१३ जनता राष्ट्रिय मावि नजिक युवाहरूले प्रहरीमाथि सामूहिक आक्रमण गरेका हुन।
जिल्ला प्रहरी कार्यालय, कैलालीले ३१ वर्षीय प्रहरी निरिक्षक बलराम पाण्डे, ३५ वर्षीय प्रहरी सहायक निरिक्षक डबलबहादुर साउँद र धनगढी-१३ का लाेकेश खत्री घाईते भएका बताएकाे छ। पाण्डेकाे दायाँ हात र खुट्टामा चाेट लागेकाे छ। उनकाे चुस्ता पनि च्यातिएकाे छ। साउँदकाे बायाँ हात, दुबै काध र टाउकाेमा चाेट छ। स्थानीय लाेकेश खत्रीकाे टाउकाे र शरीरमा चाेट लागेकाे छ। उनी झडपमा सङ्लग्न रहेकाे कैलाली प्रहरीले बताएकाे छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मङ्गलवार साँझ हाेली मनाउने क्रममा दुई पक्षकाे विवादले झडपकाे रुप लिएकाे थियाे। दुई पक्षकाे झडप भएकाे सूचनापछि राष्ट्रिय मावि, राजपुरकाे मतदान स्थलमा खटिएका प्रहरी सहायक निरिक्षक डबलबहादुर साऊद, प्रहरी निरिक्षक बलराम पाण्डेसहित सात जनाकाे टाेली घटनास्थलमा गएकाे थियाे। प्रहरीमाथि आक्रमण भएपछि जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रमुख नरेन्द्र चन्दकाे कमाण्डमा नाै जनाकाे टाेली पुगेकाे थियाे।
तर, २ सय ५० काे सङ्ख्यामा रहेका उनीहरूले प्रहरी र जिल्ला प्रहरी प्रमुख चन्द सवार बिएसी ३४८० नम्बरकाे गाडीमा ढुङ्गा मुढा गरेका छन। गाडीकाे अगाडीकाे सीसा फुटेकाे छ भने, झ्याल ताेडफाेड गरिएकाे छ। प्रहरीले छ राउण्ड हवाई फायर गरेकाे बताएकाे छ।
प्रहीले १२ जनालाई नियन्त्रणमा लिएकाे थियाे। तर, छ जनाकाे नाम सार्वजनिक गरेकाे छ। जिल्ला प्रहरी कार्यालय कैलालीले खत्रीसहित स्थानीय ३६ वर्षीय रामदयाल राना, २६ वर्षीय राकेश सुनार, ३८ वर्षीय नर सिंह राना, २९ वर्षीय सुनिल चाैधरी र १८ वर्षीय जितेन्द्र रानाकाे नाम सार्वजनिक गरेकाे हाे।
घाइतेकाे उपचार जारी रहेकाे छ। हाेलीकाे दिनमा मादकपदार्थ सेवनपछि ग्याङ्ग फाईट भएकाे प्रहरीले बताएकाे छ। घटनामा सङ्लग्नहरूकाे खाेजी जारी रहेकाे छ।


भर्खर

कैलालीको स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्त

काठमाडौँः कैलालीको गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्त गरिएको छ। सिफारिस

भारी वर्षाको पूर्वानुमान

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर

अछाममा युवतीमाथि करणी, एक युवक पक्राउ

धनगढी :अछाममा १७ वर्षीया युुवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले युवकलाई पक्राउ गरेको छ ।