धनगढीमा दुर्घटना हुँदा नायक बिराज भट्टका दाइ चेताजको मृत्यु

Monday June 22, 2026

पढ्न लाग्ने समय :


धनगढीः कैलालीको धनगढी-अत्तरीया ६ लेन सडकमा हाइस र मोटरसाईकल ठोक्किदा मोटरसाईकल चालकको मृत्यु भएको छ।
धनगढी उपमहानगरपालिका–१३ एयरपोर्ट चोक स्थित धनगढी–अत्तरीया सडकखण्डमा सुदूरपश्चिम प्रदेश ०२–००१ज ०६९३ नम्बरको हाइस र म १ प ५२४ नम्बरको मोटरसाईकल एक आपसमा ठोकिदाँ मोटरसाईकल चालक गोदावरी नगरपालिका–५ गेटा बस्ने ६५ वर्षीय चेतराज भट्टको मृत्यु भएको हो। उनी नायक बिराज भट्टका दाई हुन।
भट्ट गम्भिर घाईते भएपछि उपचारको लागि मायामेट्रो अस्पताल धनगढी लगिएकोमा उनको आईतवार बेलुका उपचारको क्रममा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। हाइस चालक डोटीको शिखर नगरपालिका–१० बस्ने २६ वर्षीय टेकबहादुर धामीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ।


भर्खर

बर्दियामा लोपोन्मुख वन्यजन्तु ‘ओद’ को छालासहित एक युवक पक्राउ 

बर्दियाको राजापुर नगरपालिका–१ दौलतपुरबाट लोपोन्मुख वन्यजन्तु ओदको छालासहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी

कैलालीमा ईभी दुर्घटना

धनगढी : कैलालीमा ईभी हाईस दुर्घटना हुँँदा तीन जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग

काठमाडौँको गेस्ट हाउसमा धनगढीकी युवतीको हत्या

काठमाडौँ : काठमाडौँको नयाँ बसपार्क स्थित गेस्टहाउसमा मृत भेटिएकी निशा सुनुवारको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको