धनगढीमा एक व्यवसायीमाथि निर्घात कुटपिट

Saturday April 4, 2026

पढ्न लाग्ने समय :


धनगढीः धनगढीमा एक व्यवसायीमाथि कुटपिट भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ४ दक्षिणकाली मार्गस्थित ६ लेन सडकमा गत सोमवार राति व्यवसायी कुटिएका हुन्।

व्यवसायी विकास सिङ्घलमाथि कुटपिट भएको विषय हाल सार्वजनिक भएको हो। सिंघललाई उनकीश्रीमती डाक्टर अनिशा अग्रवाल र पाँच वर्षीया छोरीकै अगाडि चार जना युवाको समूहले मरणासन्न हुने गरि कुटपिट गरिएको पीडित सिंघलका आफन्तले बताएका छन्। अबेर राति पारिवारिक जमघटबाट फर्किएका सिंघल आफ्नै घर अगाडिको पार्किङमा कुटिएका हुन्।

६ लेन सडकको पल्लो किनारमा हिँडिरहेका ती चारै जना युवाले बिनाकारण विकास सिंघलको करङ्ग र नाकको डाँडी भाँचिनुको साथै टाउको फुटेको र दाँत तथा अनुहारमा चोटपटक लागेको आफन्तले बताए। सिंघलको स्थानीय अस्पतालमा उपचार भइरहेको पारिवारीले जनाएको छ

सिङ्घलको घर अगाडिको पार्किङमा इभी हायस पार्किङ गरिएको र उक्त हायसको चालकलाई गाडी हटाउन बोलाउँदा रोडपारि पुरवार पेट्रोल पम्पतर्फ हिँडिरहेका चारैजना आएर निर्घात कुटपिट गरेको सिंघलकी पत्नी डाक्टर अनिसा अग्रवालले बताइन्।

उनीहरूले तीन पटकसम्म फर्केर निर्घात कुटपिट गरेको अग्रवालको दाबी छ। पाँच वर्षीय छोरीको अगाडि श्रीमान् आफूमाथि कुटपिट भएको अनिसाले बताएकी छन्।

उनले घटना बारे कैलाली प्रहरीमा ठाडो निवेदन दिएको बताइन्। निवेदनकै आधारमा कुटपिटमा संलग्न एक युवा पक्राउ परेको भए पनि उनलाई प्रहरीले हाजिरी जमानीमा छोडेको छ।

कैलाली प्रहरी सहप्रवक्ता प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले पीडितको पक्षबाट किटानी जाहेरी नआएकाले पक्राउ परेका युवालाई हाजिरी जमानीमा छोड्नु परेको बताए। किटानी जाहेरी आयो भने घटनामा संलग्न भनिएका युवाहरूलाई पक्राउ गरेर आवश्यक कानुनी कारबाही गरिने प्रहरी निरीक्षक तिमिल्सिनाले बताए।

 


भर्खर

बर्दियामा लोपोन्मुख वन्यजन्तु ‘ओद’ को छालासहित एक युवक पक्राउ 

बर्दियाको राजापुर नगरपालिका–१ दौलतपुरबाट लोपोन्मुख वन्यजन्तु ओदको छालासहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी

कैलालीमा ईभी दुर्घटना

धनगढी : कैलालीमा ईभी हाईस दुर्घटना हुँँदा तीन जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग

काठमाडौँको गेस्ट हाउसमा धनगढीकी युवतीको हत्या

काठमाडौँ : काठमाडौँको नयाँ बसपार्क स्थित गेस्टहाउसमा मृत भेटिएकी निशा सुनुवारको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको