धनगढीमा आजदेखि ‘सुदूरपश्चिम कचहरी’ सुरु हुँदै

Saturday May 16, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीको धनगढीमा आजदेखि ‘सुदूरपश्चिम कचहरी २०८३’को सुरु हुँदै छ। सुदूरपश्चिम विकास फाउण्डेसनको आयोजना तथा प्रदेश नीति तथा योजना आयोगको समन्वयमा उक्त कार्यक्रम हुन लागेको हो ।

आइतबारसम्म हुन लागेको उक्त कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको फाउण्डेसनका अध्यक्ष शेरबहादुर शाहीले जानकारी दिए। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम छ । कार्यक्रमले सुदूरपश्चिम प्रदेशको समग्र विकास र समृद्धिलाई झल्काउने अध्यक्ष शाहीको भनाइ छ ।

सुदूरपश्चिम प्रदेशको समग्र विकास, समृद्धि र नीतिगत सुधारका लागि आयोजना हुने कार्यक्रमले प्रदेशको समृद्धि र सम्भावनालाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा पु¥याउन मद्दत पुग्ने विश्वास लिइएको छ ।

“दुई दिन हुने कार्यक्रममा शिक्षा, स्वास्थ्य, पर्यटन, रोजगारी, कृषि, पूर्वाधार, सुरक्षित आप्रवासन तथा सुशासनका विषयमा आधारित नीतिगत बहस गरी साझा विकास दृष्टिकोण तयार गरिनेछ”, अध्यक्ष शाहीले भने, “कार्यक्रममा उठेका निष्कर्ष तथा सुझावलाई नेपाल सरकारको आगामी बजेट तथा नीतिनिर्माण प्रक्रियामा समावेश गराउन केन्द्र सरकारसमक्ष पठाइनेछ ।”

 


भर्खर

राहदानी विभागका महानिर्देशक अर्याल अख्तियारको नियन्त्रणमा

धनगढी : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएको छ।

कञ्चनपुरमा ‘डिएपी’ मल अभाव

महेन्द्रनगर : जिल्लामा धानखेतीका लागि डिएपी मल अभाव देखिएको छ । कृषि सामग्री कम्पनी लिमिटेड

धनगढीमा रास्वपाका नेता सिंह कुटिए, एक जना पक्राउ

धनगढी : धनगढीमा गएराति राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का नेता शैलेश सिंहमाथि कुटपिट भएको घटनामा