तनहुँ र गोरखाका सडक स्तरोन्नति गरिँदै

Friday May 10, 2024

पढ्न लाग्ने समय :


तनहुँ । तनहुँ र गोरखाका दुई जिल्लामा ‘आवाधिक मर्मत कार्यक्रम’अन्तर्गत सङ्घीय सरकारको बजेटमा ३० किलोमिटर सडकको स्तरोन्नति गरिएको छ । तनहुँको व्यास–१० बोटेटारबाट व्यास–८ रिस्तीखोलासम्म छ दशमलव १३० किमी र आँबुनैरेनी–गोरखाबजारसम्म २४ किमी दूरीमा सडक स्तरोन्नति भएको हो ।

‘आवाधिक मर्मत कार्यक्रम’अन्तर्गत सङ्घीय सरकारबाट चार/पाँच वर्षमा आउने बजेटबाट सडक स्तरोन्नति, नाला र कालोपत्रलगायत कार्य एकैसाथ गरिएको हो । दुई जिल्लाका लागि एउटै प्याकेजमा टेण्डर भएपश्चात् काम अघि बढाइएको सडक डिभिजन कार्यालय तनहुँका सब–इञ्जिनियर दीपेन्द्र पन्थले जानकारी दिए । उनका अनुसार सडक साँघुरो र बढी सवारी चाप भएका स्थानलाई प्राथामिकतामा राखी सडकका दायाँबायाँ बिस्तार गरी सवारी आवतजावतमा सहज बनाउन लागिएको हो ।

गत माघमा निर्माण कम्पनी हिमाली कन्स्ट्रक्सन जेभीले सम्झौता गरी निर्माण प्रक्रिया अघि बढाएको थियो । विसं २०८१ असार मसान्तभित्र सम्पन्न गर्नेगरी भ्याटसहित आठ करोड १९ लाखमा सो कम्पनीले ठेक्का पाएको थियो । व्यास मार्गअन्तर्गत करिब ७५ प्रतिशत कार्य सम्पन्न भइसकेको निर्माण कम्पनीका सुपरभाइजर एवं इञ्जिनियर शैलेस तिमिल्सेनाले जानकारी दिए । उनका अनुसार सडक स्तरोन्नति कार्यपश्चात् दुईलेन सडकमा निर्वाधरुपमा सवारी गुड्न सहज भएको छ ।

“सडक किनारमा नाला भत्किएको स्थानमा मर्मतसम्भार गर्दै नभएको ठाउँमा नाला निर्माण गरिएको छ”, इञ्जिनियर तिमिल्सेनाले भने, “यस मार्गमा रोड मार्किङ र प्रिमिक्स कार्पेटका कार्य बाँकी रहेको छ, वर्षाका कारण नरोकिए समयभित्र काम सम्पन्न हुन्छ ।”

साथै आँबुखैरेनीको मस्र्याङ्दी नदीबाट गोरखाबजारसम्म निर्माण अन्तिम चरणमा पुगेको निर्माण कम्पनी गोरखा साइडका सुपरभाइजर कृष्णप्रसाद लालचनले जानकारी दिए । दुवै खण्डमा निर्माण तीव्र गतिमा भइरहेकाले सम्झौताअनुरुप काम सम्पन्न हुने अपेक्षा गरिएको डिभिजन सडक कार्यालय तनहुँले जनाएको छ ।


भर्खर

खुटियाको पानीले धनगढीको जमिन सिँचाइको योजनामा मेयर हमालको चाँसो

धनगढीः कैलालीका खुटिया नदीको पानीले धनगढीको जमिन सिँचाइ गर्ने योजनामा मेयर गोपाल हमालले चाँसो देखाएका

बझाङमा दुई बालबालिकाको डुबेर मृत्यु

बझाङः बझाङ जिल्लाको वित्थडचिर गाउँपालिकामा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयकाले दिएको

धनगढीमा प्रहरी कार्यालयको छतबाट खसेर भान्छेको मृत्यु

धनगढीः सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको मेसको छतबाट खसेका भान्छेको मृत्यु भएको छ । सरसफाइ