डोटीमा आगलागीबाट ६६ रोपनी जग्गाको कागती नष्ट

Saturday April 4, 2026

पढ्न लाग्ने समय :


धनगढी : डोटीमा एक कागती बारीमा आगो लगाइएको छ। जिल्लाको बडीकेदार गाउँपालिका वडा नम्बर २ खरहरमा रहेको करन साउँदको कागती बारीमा आगो लगाइएको हो।

साउँद कृषि पशुपक्षी तथा मत्स्य पालन फार्ममा शुक्रवार आगो लगाइएको प्रहरीले बताएको छ। प्रहरीका अनुसार ६६ रोपनी जग्गामा लगाइएको छ सय कागतीका बिरुवाहरू आगोले नष्ट भएका छन। २०७७ सालमा स्थापना गरिएको फर्ममा लगाइएका फल्न तयार भएका कागतीहरू आगोले नष्ट भएका हुन्। सुन कागती–१ र सुन कागती–२ जनतका बिरुवा रोपेका साउँदले बताए। उनले बारीमा आगो लगाउनेहरूका विरुद्धमा प्रहरीमा निवेदन दिएका छन्।

 


भर्खर

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्याे फिफा विश्वकपको उपाधि

काठमाडौं : अर्जेन्टिनालाई हराउँदै स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । अमेरिकाको न्युयोर्कस्थित

धनगढीमा सफ्टवेयरमार्फत अवैध मुद्रा कारोबार गर्ने गिरोहका दुई भारतीयसहित ९ जना नियन्त्रणमा

धनगढी:  कैलाली प्रहरीले धनगढी उपमहानगरपालिका–४ स्थित एक फ्ल्याटबाट सफ्टवेयरमार्फत अवैध मुद्रा कारोबार (हुण्डी) सञ्चालन गरिरहेको

गौरीफन्टामा रुख ढल्दा रिक्सा चालक गम्भीर घाइते

धनगढी : नेपाल-भारत सीमा नाका गौरीफन्टामा रुख ढल्दा नेपाली रिक्सा चालक घाइते भएका छन्। शनिबार