टर्किएको एजियन सागरमा ३ आप्रवासीको मृत्यु

Sunday January 19, 2025

पढ्न लाग्ने समय :


टर्किएको एजियन सागरमा रबरको डुङ्गाबाट खसेर तीन अवैध आप्रवासीको मृत्यु भएको छ ।  अन्य तीन जना बेपत्ता भएका छन् । आप्रवासी बोकेको डुङ्गाले सुरक्षा बलको चेतावनीको बेवास्ता गर्दा तटीय शहर कुसादासी नजिकै दुर्घटना भएको हो । डुङ्गा भाग्न खोज्दा धेरै आप्रवासी समुन्द्रमा खसेका थिए ।

तटरक्षक दलले ३२ जनालाई उद्धार गरेको छ भने अन्य तीन जनाको शव निकालेको छ । खोज र उद्धार कार्य जारी रहेकाले तीन जना अझै बेपत्ता छन् । आप्रवासीहरू गैरकानूनी रूपमा ग्रीक टापुमा पुग्ने प्रयास गरिरहेका थिए । टर्किए हुँदै युरोप पुग्ने प्रयास गरिरहेका आप्रवासीहरूको लागि एजियन सागर लामो समयदेखि प्रमुख मार्ग रहेको छ ।


भर्खर

कञ्चनपुरमा १८ वर्षदेखि फरार जबर्जस्ती करणीका अभियुक्त पक्राउ

कञ्चनपुर : जबर्जस्ती करणी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक जना अभियुक्तलाई कञ्चनपुर

कञ्चनपुरमा १८ कठ्ठा गहुँ बाली जलेर नष्ट, गुजाराको पिरलो

कञ्चनपुरः खेतमा गहुँ पाकेर काट्ने तयारीमा रहेका कञ्चनपुरको पुनर्वास नगरपालिका–९ का स्थानीय दल बहादुर खाती

धनगढीका १० सामुदायिक विद्यालयलाई उपमहानगरको सम्मान

धनगढीः धनगढी उपमहानगरपालिकाले कक्षा ८ को वार्षिक परीक्षामा उत्कृष्ट नजिता हासिल गर्ने सामुदायिक विद्यालयलाई सम्मान