टर्किएको एजियन सागरमा ३ आप्रवासीको मृत्यु

Sunday January 19, 2025

पढ्न लाग्ने समय :


टर्किएको एजियन सागरमा रबरको डुङ्गाबाट खसेर तीन अवैध आप्रवासीको मृत्यु भएको छ ।  अन्य तीन जना बेपत्ता भएका छन् । आप्रवासी बोकेको डुङ्गाले सुरक्षा बलको चेतावनीको बेवास्ता गर्दा तटीय शहर कुसादासी नजिकै दुर्घटना भएको हो । डुङ्गा भाग्न खोज्दा धेरै आप्रवासी समुन्द्रमा खसेका थिए ।

तटरक्षक दलले ३२ जनालाई उद्धार गरेको छ भने अन्य तीन जनाको शव निकालेको छ । खोज र उद्धार कार्य जारी रहेकाले तीन जना अझै बेपत्ता छन् । आप्रवासीहरू गैरकानूनी रूपमा ग्रीक टापुमा पुग्ने प्रयास गरिरहेका थिए । टर्किए हुँदै युरोप पुग्ने प्रयास गरिरहेका आप्रवासीहरूको लागि एजियन सागर लामो समयदेखि प्रमुख मार्ग रहेको छ ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको