जेनजी शहीदहरुको सम्मानमा राष्ट्रिय शोक

Monday September 15, 2025

पढ्न लाग्ने समय :


न्युज नेपाल समाचार
काठमाडौं, भदौ ३० गते । सरकारले जेनजी शहीदहरूको सम्मानमा सरकारले राष्ट्रिय झण्डा आधा झुकाउँदै राष्ट्रिय शोक मनाउने भएको छ ।
सोमबार गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरे लगत्तै सो निर्णय गरेका हुन् । मन्त्रालयका अनुसार सो निर्णयलाई मन्त्रिपरिषद्को बैठकबाट औपचारिकता प्रदान गरिने छ । मन्त्रीपरिषद्ले नै राष्ट्रिय शोक कहिले मनाउने भन्ने पनि तय गर्ने छ ।

त्यस्तै, गृहमन्त्री अर्यालले जेनजी आन्दोलनका मृतकका परिवारलाई कागकिरिया खर्चको लागि तत्काल एक लाख रुपैयाँ उपलब्ध गराउने समेत निर्णय गरेका छन् ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा हालसम्म ५१ जनाको मृत्यु भइसकेको छ । त्यस्तै, ३ जना सुरक्षाकर्मीले पनि ज्यान गुमाएका छन् । विभिन्न जेलमा जेल तोडेर भाग्ने क्रममा प्रहरीको गोली लागेर १० जना कैदीको समेत मृत्यु भएको छ ।


भर्खर

धनगढीमा तातो हावाको लहर चल्ने

काठमाडौँ : असार ११ गते देशका विभिन्न सहरहरूमा मौसमको विविध रूप देखिने भएको छ। केही

कैलालीको घोडाघोडीमा १५ शय्याको नगर अस्पताल अलपत्र

धनगढी : कैलालीको घोडाघोडी नगरपालिकामा निर्माणाधीन १५ शय्याको आधारभूत नगर अस्पतालको काम अपूरै रहेको छ ।

पोखरीमा डुबेर बालकको मृत्यु

धनगढी : दार्चुलाको नौगाड गाउँपालिका–२ दल्लेखमा पानी पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ। स्थानीय