जीप दुर्घटनाका ३ जना घाइतेलाई थप उपचारका लागि हेलिकोप्टरबाट सुर्खेत पठाइयो

Tuesday April 7, 2026

पढ्न लाग्ने समय :


अछाम : अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका र कमलबजार नगरपालिकाको सिमानामा पर्ने लाड्छे खोलामा आज बिहान एउटा हाइस दुर्घटना भएको छ। दुर्घटनामा परी तीन जना घाइते भएका छन्।

बिहान भएको उक्त दुर्घटनाका घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि अछाम जिल्ला अस्पताल पुर्‍याइएको थियो। जिल्ला अस्पतालमा प्राथमिक उपचार गरिए पनि घाइतेहरूको अवस्था गम्भीर रहेको र त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि कर्णाली प्रदेशको राजधानी सुर्खेत रिफर गरिएको छ।

घाइतेहरूको अवस्थालाई मध्यनजर गर्दै नेपाली सेनाको हेलिकप्टरमार्फत उनीहरूलाई सुर्खेत लगिएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ। अहिले घाइतेहरूको सुर्खेतमा उपचार भइरहेको छ।दुर्घटना कसरी भयो भन्ने बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ।


भर्खर

बर्दियामा लोपोन्मुख वन्यजन्तु ‘ओद’ को छालासहित एक युवक पक्राउ 

बर्दियाको राजापुर नगरपालिका–१ दौलतपुरबाट लोपोन्मुख वन्यजन्तु ओदको छालासहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी

कैलालीमा ईभी दुर्घटना

धनगढी : कैलालीमा ईभी हाईस दुर्घटना हुँँदा तीन जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग

काठमाडौँको गेस्ट हाउसमा धनगढीकी युवतीको हत्या

काठमाडौँ : काठमाडौँको नयाँ बसपार्क स्थित गेस्टहाउसमा मृत भेटिएकी निशा सुनुवारको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको