जलवायु परिवर्तनले मुलुकको गरिबी र सामाजिक असमानतालाई थप फराकिलो बनायोः पूर्वराष्ट्रपति भण्डारी

Thursday December 5, 2024

पढ्न लाग्ने समय :


पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनले नेपाली समाजमा विद्यमान गरिबी र सामाजिक असमानतालाई थप फराकिलो बनाएको बताउनुभएको छ । बिहीवार त्रिभूवन विश्वविद्यालय भुगोल केन्द्रिय विभागले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो समय नेपालमा जलवायु परिवर्तनबाट परेको ठूलो असरले जनजीवन समेत प्रभावित बन्दै गएको उल्लेख गर्नुभयो । उहाँले जलवायु परिवर्तनकै कारण उत्पन्न अतिवृष्टि,अनावृष्टि,बाढी पहिरो,सुख्खा खडेरी जस्ता प्रकोपहरुले गर्दा गरिब किसान तथा विपन्न वर्गको जीविकोपार्जनमा प्रत्यक्ष असर परिरहेको बताउनु भयो । उहाँले जलवायु परिवर्तनका नकारात्मक प्रभावहरुलाई न्युनिकरण गर्न अनुकुलन क्षमता वृद्धि गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले अनुकुलन क्षमता वृद्धिको लागि अनुसन्धानमा आधारित सूचना र ज्ञानको आवश्यकता रहेको उल्लेख गर्नुभयो । उहाँले भुगोल केन्द्रिय विभाग र अन्य विदेशी विश्वविद्यालय मिलेर जलवायु परिवर्तनले कृषि क्षेत्रमा पारेको प्रभावका विषयमा गरेको अनुसन्धानले जलवायु अनकुलन क्षमतामा प्रभाव पार्ने प्रमुख तत्वहरुको पहिचान गर्दै सोहीअनुरुप अनुकुलनमा दिगो र प्रभावकारी उपायहरुको अवलम्वन गर्न सहयोग पुग्ने दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो,‘जलवायु परिवर्तनले हाम्रो समाजमा विद्यमान गरिबी र सामाजिक असमानतालाई समेत थप फराकिलो बनाएको छ । जलवायु परिवर्तनकै कारण उत्पन्न अतिवृष्टि,अनावृष्टि,बाढी पहिरो,सुख्खा खडेरी जस्ता प्रकोपहरुले गर्दा गरिब किसान तथा विपन्न वर्गको जीविकोपार्जनमा प्रत्यक्ष असर परिरहेको छ । जलवायु परिवर्तनका नकारात्मक प्रभावहरुलाई न्युनिकरण गर्न अनुकुलन क्षमता वृद्धि गर्नुका लागि अनुसन्धानमा आधारित सूचना र ज्ञानको आवश्यकता पर्छ । यस्ता अनुसन्धानबाट जलवायु अनकुलन क्षमतामा प्रभाव पार्ने प्रमुख तत्वहरुको पहिचान गर्दै सोहीअनुरुप अनुकुलनमा दिगो र प्रभावकारी उपायहरुको अवलम्वन गर्न सहयोग पुग्छ । जनसंख्याको ठूलो हिस्साले कृषिलाई जीविकोपार्जनको आधार मान्दै आएका नेपाल,भारत,बंगलादेश जस्ता दक्षिण एशिया चीनमा समेत गरेको अध्ययनले यस क्षेत्रका किसानलाई जलवायु परिवर्तनका कारण देखिएको चुनौति सामना गर्न सहज हुने अपेक्षा छ ।’ 

उहाँले विभिन्न देशहरु सम्मिलित भइ गरिएको अध्ययनले किसानलाई जलवायु परिवर्तनका कारण देखिएको चुनौति सामना गर्न सहज हुने अपेक्षा रहेको बताउनु भयो ।


भर्खर

कैलालीको स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्त

काठमाडौँः कैलालीको गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्त गरिएको छ। सिफारिस

भारी वर्षाको पूर्वानुमान

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर

अछाममा युवतीमाथि करणी, एक युवक पक्राउ

धनगढी :अछाममा १७ वर्षीया युुवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले युवकलाई पक्राउ गरेको छ ।