जलनका सबै बिरामीको निःशुल्क उपचार हुन्छः स्वास्थ्यमन्त्री पौडेल

Tuesday November 12, 2024

पढ्न लाग्ने समय :


स्वास्थ्यमन्त्री तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जलनका सबै बिरामीहरुलाई सरकारले निःशुल्क उपचारको व्यवस्था गरेको बताउनुभएको छ । चालु आर्थिक वर्षका लागि मन्त्रालय आफैँले र आगामी आर्थिक वर्षदेखि विनियोजित बजेटमा नै समावेश गर्ने गरी कस्मेटिक बाहेकका जलन विरामीहरुको उपचार निःशुल्क गर्नेगरी सम्बन्धित अस्पताललाई परिपत्र गरिएको मन्त्री पौडेलको भनाई थियो । मंगलवार अपरान्ह जलन पीडितहरुसँगको छलफलमा उहाँले जलन पीडितका लागि उपचार सेवाको बिस्तार जिल्ला अस्पतालसम्म गर्ने प्रयासमा आफू लागिपरेको पनि बताउनु भयो । हाल सरकारले ८ वटा अस्पतालमा सो व्यवस्था गरेको भएपनि त्यसलाई जिल्ला अस्पतालसम्म पु¥याउने योजना तय गरिएको पनि मन्त्री पौडेलले बताउनु भयो ।
उहाँले भन्नुभयो, अहिले हामीले यो ८ वटा अस्पताललाई नै परिपत्र गरिएको छ कि कस्मेटिक बाहेक जलनका सबै विरामीको उपचार शुल्क मन्त्रालयले व्यर्होर्छ । त्यसअनुसार व्यवस्थापन गर्नु÷गराउनु भनेर हामीले सम्बन्धित अस्पतालहरुलाई परिपत्र गरिसकेको अवस्था छ । यो वर्षका लागि मन्त्रालय आफैले स्रोत सुनिश्चित गरेको छ । आगामी वर्षदेखि यो बजेट नै विनियोजन भएर आउँछ ।

मन्त्री पौडेलले जनशक्तिको अभावमा पनि नेपालमा जलनका बिरामीहरुको उपचार प्राथमिक स्वास्थ्य केन्द्रसँग पु¥याउने सम्भावना नभएको पनि स्पष्ट पार्नुभयो । कार्यक्रममा जलन पीडितहरुले जलनका बिरामीको उपचार सहज बनाउने मन्त्री पौडेलले खेल्नुभएको भुमिकाको प्रशंशा गरेका थिए ।


भर्खर

रुकुमपश्चिम जीप दुर्घटना : मृतक ८ जनाको पहिचान खुल्या

न्युज नेपाल समाचार रुकुमपश्चिममा भएको जीप दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरुको सनाखत भएको छ ।

कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ

न्युज नेपाल समाचार कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका–२

छठ पर्व आजदेखि विधिवत रूपमा सुरु

न्युज नेपाल समाचार सूर्यदेवको आराधना गरी चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आजदेखि