जनताको आवश्यकताअनुसार प्रदेश घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली

Saturday February 22, 2025

पढ्न लाग्ने समय :


प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र र लोकतान्त्रिक प्रणालीमा हेरफेर हुनसक्ने कुरालाई सामान्य मान्नुपर्ने बताउनुभएको छ । शनिवार प्रथम महिला राधिका शाक्यको आत्मकथा करुणाको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले लोकतन्त्र र लोकतान्त्रिक प्रणालीमा बाहेक संरचनागत पक्षहरु बढी सुधार हेरफेर हुनसक्ने बताउनु भयो । उहाँले सात वटा प्रदेश ९ वटा हुनसक्ने र सात वटा प्रदेश ५ वटा हुन सक्ने पनि बताउनु भयो । नागरिकको आवश्यकता हेरेर प्रदेश घटबढ गर्न सकिने बताउनु भयो । उहाँले देश, विकास र जनताको आवश्यकताअनुसार सुधार हुने कुरालाई रुवाबासी गर्न जरुरी नरहेको जिकिर गर्नुभयो । उहाँले अब राजनीतिक परिवर्तन गर्नुपर्ने, प्रणाली नै हेरफेर गर्न आवश्यक नरहेको भन्दै सुधारहरु गर्नेकुरालाई सामान्य रुपमा लिनुपर्ने बताउनु भयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘लोकतन्त्र र लोकतान्त्रिक प्रणालीमा पनि हेरफेर र सुधार हुनसक्दछ तर अझ त्यसका संरचनागत पक्षहरु बढी सुधार हेरफेर हुनसक्दछन् । सात वटा प्रदेश ९ वटा पनि हुनसक्छ, सात वटा प्रदेश पाँच वटा पनि हुनसक्छ । त्यसो भयो भने पनि कुनै रुवावासी गर्नुपर्ने अवश्यक छैन । ६ वटा पनि हुनसक्छ । त्यो देशलाई आवश्यकता, विकासलाई आवश्यकता, जनतालाई आवश्यकता कस्तो हुन्छ, त्यसअनुसार गर्ने कुरा हो । त्यस्तो लोकतन्त्र भनेजस्तो, गणतन्त्र भनेको जस्तो, लोकतान्त्रिक गणतन्त्र भनेको जस्तो आधारभुत कुरा त्यो होइन । जे होस् मैले आफूले आफ्नै जिन्दगीमा जुन शुरुमा माग गरेको थिएँ, आन्दोलनमा लाग्दा, २०२३ सालदेखि । २०२२ सालबाट आन्दोलनमा लाग्दा मैले त्यो माग गरेको थिएँ । लोकतान्त्रिक गणतन्त्र फेरि आफ्नै जीवनमा ल्याएर छोडियो । अब त्यस्तो ठूलो केही राजनीतिक परिवर्तन गर्नुपर्ने, प्रणाली नै हेरफेर गर्नुपर्ने केही छैन, रिफर्महरु गर्नुपर्ने हुनसक्छ । सुधारहरु गर्नुपर्ने हुनसक्छ । सुधार गर्दै अघि बढ्छौँ । सुधार कस्तो हुनुपर्छ भने कहाँ थियौँ हामी । अहिले भन्छन् जेलबाट लुखुर लुखर आएको एउटा कैदी अहिले प्रधानमन्त्री हुने भन्दछन् । तिनीहरुलाई श्रीपेच लगाएका महाराजहरुले रैती पो बनाउनुपर्ने हामीलाई भन्ने लागिरहेको छ ।’

प्रधानमन्त्री ओलीले भक्तपुरको बालकोटमा रहेको घर आफ्नो बलबुँताले बनाएको नभइ श्रीमती राधिका शाक्यको कमाईबाट बनाएको बताउनु भयो । उहाँले उक्त घर पनि नेपाल ट्रस्टलाई दान गरिसकेको बताउनु भयो । उहाँले आफूजति श्रीमतीसँग खुशी मानिस अर्को सायदै हुने बताउनु भयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अहिले घरको जुन चर्चा गर्दछन् त्यो राधिका शाक्यले बनाएको हो । मेरो बुताले, मेरा हुतीले होइन । त्यो घर पनि ट्रस्टलाई दान गरिसकेको छ । मेरो कमाई दान गरेको होइन, उनकै कमाइ दान गरेको हो । त्यसकारण म जति श्रीमतीसँग खुशी मान्छे कोही पनि छैन होला सायद । म त्यति खुशी छु । राधिका नहुने हो भने म अहिलेसम्म बाँच्न वास्तवमा सम्भव थिएन ।’ 

प्रधानमन्त्री ओलीले श्रीमती राधिका नहुने हो भने अहिलेसम्म आफू बाच्न सम्भव नरहेको जिकिर गर्नुभयो ।


भर्खर

रुकुमपश्चिम जीप दुर्घटना : मृतक ८ जनाको पहिचान खुल्या

न्युज नेपाल समाचार रुकुमपश्चिममा भएको जीप दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरुको सनाखत भएको छ ।

कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ

न्युज नेपाल समाचार कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका–२

छठ पर्व आजदेखि विधिवत रूपमा सुरु

न्युज नेपाल समाचार सूर्यदेवको आराधना गरी चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आजदेखि