च्याउको बीउमा आत्मनिर्भर हुनेगरी काम गर्दैछौंः कृषिमन्त्री अधिकारी

Monday December 30, 2024

पढ्न लाग्ने समय :


कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले च्याउको बीउमा आत्मनिर्भर हुनेगरी सरकारले काम अघि बढाएको बताउनुभएको छ । सोमवार राष्ट्रिय च्याउ दिवसको अवसरमा च्याउ उत्पादक किसान संघ नेपालले काठमाडौंमा आयोजना गरेको च्याउ महोत्सवमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले काभ्रेको खोपासीमा च्याउ स्रोत केन्द्रको स्थापनाका लागि डिपिआर सम्पन्न भइ कार्य अघि बढिसकेको बताउनु भयो । उहाँले उक्त केन्द्रको निर्माण पश्चात नेपाल गुणस्तरीय च्याउको बीउ निर्माणमा आत्मनिर्भर हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले च्याउ खेतिबाट किसानको आयआर्जन बढाउन, पोषणयुक्त खाद्यपदार्थको उपलब्धता बढाउन र निर्यातको सम्भावना बढाउन समेत टेवा पुग्ने बताउनु भयो । उहाँले च्याउको गुणस्तरीय बीउको समस्याको कारण उत्पादक र उत्पादकत्व कम भएको उल्लेख गर्दै स्वदेशमै च्याउको गुणस्तरीय बीउ उत्पादनतर्फ सबैको ध्यान जान जरुरी रहेको उहाँको भनाइ छ । उहाँले च्याउ खेतिको सुदृढिकरणका लागि सरकार, निजी क्षेत्र र किसानहरुको संयुक्त प्रयास आवश्यक रहेको समेत बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालमा व्यवसायिक रुपमा कन्ने, सिपारे, पराले, ज्ञानु, डर्मा लगायतका च्याउहरुको खेति भइरहेको छ । ४० डिग्रीको तापक्रममा उत्पादन गर्न सकिने दुधे च्याउ प्रविधिको विकास भएर व्यवसायिक खेती शुरु भइरहेको छ । यसका अलावा च्याउमा रोग किरा व्यवस्थापन, निर्मलिकरण, बीउका लागि समेत आवश्यक अनुसन्धान भइ प्रविधिहरु आइसकेको छ । च्याउको गुणस्तरीय बिउको समस्याको कारण उत्पादक र उत्पादकत्व कम भएको कारणले अबको हाम्रो ध्यान स्वदेशमै च्याउको गुणस्तरीय बिउ उत्पादनतर्फ हुनुपर्ने जरुरी देखिएको छ । गुणस्तरीय बीउ कल्चर व्यवस्थापनका निमित्त कृषि मन्त्रालय मातहतका कार्यालयहरु तथा निजी क्षेत्रबाट सञ्चालनमा आएका तन्तु प्रजनन प्रयोगशालाको सुदृढिकरण तथा पानको गुणस्तर निर्धारण र नियमनका लागि प्रभावकारी कदम चाल्न आवश्यक छ । र सोको लागि मन्त्रालयमा कार्य भइरहेका कुरा जानकारी गराउन चाहन्छु ।

काभ्रेको खोपासीमा च्याउ स्रोत केन्द्रको स्थापनाका लागि डिपिआर सम्पन्न भई कार्य अगाडि बढेको छ । उक्त स्रोत केन्द्रको निर्माण पश्चात नेपाल गुणस्तरीय च्याउको बीउ निर्माणमा पनि आत्मनिर्भर हुने मैले विश्वास लिएको छु । च्याउ खेतीबाट किसानहरुको आयआर्जन बढाउन पोषणयुक्त खाद्यपदार्थको उपलब्धता बढाउन र निर्यातको सम्भावना पनि बढाउन सक्छ । तर यसका लागि सरकार, निजी क्षेत्र र किसानको संयुक्त प्रयास आवश्यक छ ।’

काठमाडौंको भृकुटीमण्डपमा जारी मेलामा विभिन्न ४० वटा स्टलहरु रहेका छन् । मेलाले किसानलाई च्याउखेतीतर्फ आकर्षित गर्ने विश्वास लिइएको छ ।


भर्खर

खुटियाको पानीले धनगढीको जमिन सिँचाइको योजनामा मेयर हमालको चाँसो

धनगढीः कैलालीका खुटिया नदीको पानीले धनगढीको जमिन सिँचाइ गर्ने योजनामा मेयर गोपाल हमालले चाँसो देखाएका

बझाङमा दुई बालबालिकाको डुबेर मृत्यु

बझाङः बझाङ जिल्लाको वित्थडचिर गाउँपालिकामा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयकाले दिएको

धनगढीमा प्रहरी कार्यालयको छतबाट खसेर भान्छेको मृत्यु

धनगढीः सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको मेसको छतबाट खसेका भान्छेको मृत्यु भएको छ । सरसफाइ