चितवनमा रास्वपाको प्रथम महाधिवेशन सुरु

Sunday June 21, 2026

पढ्न लाग्ने समय :


चितवन : सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को प्रथम ऐतिहासिक महाधिवेशन आजदेखि चितवनमा सुरु भएको छ । चितवनको भरतपुरस्थित गेस्टहाउस चौरमा विशेष समारोहका बिच सुरु भएको हो। उक्त महाधिवेशनको प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपाका पार्टी सभापति रवि लामिछानेले संयुक्त रूपमा पार्टीको निर्वाचन चिह्न ‘घण्टी’ बजाएर उद्घाटन गरेका छन ।

महाधिवेशनको उद्घाटन सत्रमा मुलुकका प्रमुख राजनीतिक दलका शीर्ष नेताको उल्लेख्य उपस्थिति रहेको छ । समारोहमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई, नेकपा ९एमाले०का नेता प्रदीपकुमार ज्ञवाली, नेकपा ९माओवादी केन्द्र०का नेता वर्षमान पुन, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का अध्यक्ष राजेन्द्र लिङ्देन र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताले सहभागी भई महाधिवेशनको सफलताको शुभकामना व्यक्त गर्दै छन्।

रास्वपाले संसद्‍मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई महाधिवेशनमा आमन्त्रण गरेको थियो । महाधिवेशनमा हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टीको भने सहभागिता नरहेको आयोजकले जनाएको छ । रास्वपाको यस पहिलो महाधिवेशनले पार्टीको नयाँ नीति, मार्गचित्र र आगामी नेतृत्व चयन गर्ने बताइएको छ ।


भर्खर

बर्दियामा लोपोन्मुख वन्यजन्तु ‘ओद’ को छालासहित एक युवक पक्राउ 

बर्दियाको राजापुर नगरपालिका–१ दौलतपुरबाट लोपोन्मुख वन्यजन्तु ओदको छालासहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी

कैलालीमा ईभी दुर्घटना

धनगढी : कैलालीमा ईभी हाईस दुर्घटना हुँँदा तीन जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग

काठमाडौँको गेस्ट हाउसमा धनगढीकी युवतीको हत्या

काठमाडौँ : काठमाडौँको नयाँ बसपार्क स्थित गेस्टहाउसमा मृत भेटिएकी निशा सुनुवारको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको