चितवनबाट अपहरित किशोरको काठमाडौंबाट उद्धार

Tuesday June 16, 2026

पढ्न लाग्ने समय :


काठमाडौं : चितवनबाट अपहरणमा परेका किशोरको काठमाडौंबाट उद्धार गरिएको छ। सोमबार चितवनको भरतपुर महानगरपालिका(३ नारायणघाटबाट अपरिचित भारतीय नम्बरको गाडीमा हालेर अपहरण गरिएका १६ वर्षीय किशोरको उद्धार भएको हो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार नयाँ बजारस्थित एक होटलबाट किशोरको उद्धार गरेको एसपी रामेश्वर कार्कीले जानकारी दिए।

उद्धार गरेसँगै यसमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतीय नागरिकहरू सुजित कुमार, गोलु कुमार, अर्का गोलु कुमार, बिक्की कुमार र मोहम्मद शाहिद छन्। उनीहरू सबै जना १८ वर्ष उमेर समूहका छन्।

चितवनबाट अपहरणमा परेको खबर भएपछि डिएसपी सुवास भट्टले अपराध अनुसन्धान कार्यालयसँग उद्धारका लागि समन्वय गरेका थिए। भट्टका अनुसार चितवनमै पनि एक जना पक्राउ परेका छन्।
अपहरण गरेपछि उनीहरूले परिवारसँग २२ लाख रूपैयाँ फिरौती समेत मागेका थिए। अपहरणमा परेका किशोरका परिवार सुनको कालिगढी सम्बन्धित काम गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
यसै सिलसिलामा चिनेजानेकै कारण एउटै उमेर समूहका युवाहरूले मिलेर अपहरण गरेको अनुसन्धानमा देखिएको डिएसपी भट्टले बताए।


भर्खर

बर्दियामा लोपोन्मुख वन्यजन्तु ‘ओद’ को छालासहित एक युवक पक्राउ 

बर्दियाको राजापुर नगरपालिका–१ दौलतपुरबाट लोपोन्मुख वन्यजन्तु ओदको छालासहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी

कैलालीमा ईभी दुर्घटना

धनगढी : कैलालीमा ईभी हाईस दुर्घटना हुँँदा तीन जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग

काठमाडौँको गेस्ट हाउसमा धनगढीकी युवतीको हत्या

काठमाडौँ : काठमाडौँको नयाँ बसपार्क स्थित गेस्टहाउसमा मृत भेटिएकी निशा सुनुवारको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको