चार्जिङ स्टेशनमा लगानी बढाउनुपर्छः कुलमान घिसिङ

Thursday January 16, 2025

पढ्न लाग्ने समय :


नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधनको प्रोमोसन गर्नको लागि देशभर चार्जिङ स्टेशन बढाउनुपर्ने बताउनुभएको छ । बिहीवार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को २५ वर्ष पुगेको अवसरमा आयोजित इप्पान इभी ¥यालीमा सहभागि हुँदै घिसिङले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा पछिल्लो समय विद्युतीय सवारी साधनको प्रयोग वृद्धि भएको बताउनु भयो । उहाँले निजी सवारी साधन मात्रै नभएर अहिले देशभर जाने यात्रुवाहक समेत विद्युतीय सवारी साधनमा परिणत भइरहेको बताउनु भयो । उहाँले यात्रुवाहक सवारी साधन समेत विद्युतीय वृद्धि हुँदै जानु भनेको ठूलो परिवर्तन भएको बताउनु भयो ।

उहाँले पछिल्लो समय विद्युतीय सवारी साधनमा नेपालभर वृद्धि भएको उल्लेख गर्नुभयो । उहाँले मुलुकभित्रै विद्युतको माग बढाउने प्राधिकरणको अभियान रहेको भन्दै इप्पानको इभी ¥यालीले अभियानलाई ठूलो सहयोग पुगेको बताउनु भयो । उहाँले पछिल्लो समय ७० प्रतिशत विद्युतीय सवारी साधनको खरिद विक्री भएको बताउनु भयो । उहाँले विद्युतीय सवारी साधनको प्रोमोशन विद्युतीय सवारी साधन किनेर मात्रै नहुने बताउनु भयो । उहाँले देशभर विद्युतीय सवारी साधनको लागि आवश्यक संरचनाहरु बनाउन जरुरी रहेको उल्लेख गर्नुभयो । घिसिङले विद्युतीय चार्जिङ स्टेशनहरु मुलुकभर बनाउन जरुरी रहेको बताउनु भयो । उहाँले सरकारले निजी क्षेत्रले ठूलो सहुलियतसहित प्रोत्साहन गरेको भन्दै ६ सय बढी चार्जिङ स्टेशनहरु निजी क्षेत्रले मात्रै बनाएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो,‘इलेक्ट्रिकल भेकलमा ट्रान्सपोटेसन भएको छ । यो ठूलो परिवर्तन हो । पछिल्लो समय विद्युतीय सवारी साधनमा नेपालभर वृद्धि भएको छ । विद्युतको माग बढाउने अभियान हो । अभियानलाई ठूलो सहयोग पुगेको छ । ७० प्रतिशत विद्युतीय सवारी साधनको खरिद विक्री भएको छ । विद्युतीय सवारी साधनको प्रामोसन विद्युतीय सवारी साधन किनेर मात्रै पनि हुँदैन । देशभर विद्युतीय सवारी साधनको लागि आवश्यक संरचनाहरु बनाउन जरुरी छ । जसमा विद्युतीय चार्जिङ स्टेशनहरु बनाउन जरुरी छ । निजी क्षेत्रले ठूलो सहुलियतसहित प्रोत्साहन गरेका छौं । अहिले ६ सय बढी चार्जिङ स्टेशनहरु निजी क्षेत्रले मात्रै बनाएको छ । अझै देशभर बनाउन आवश्यक छ । अहिले निजी क्षेत्रबाट ५ सय चार्जिङ स्टेशनहरुको लागि आवदेन आएको छ । यसले रोजगारी पनि सिर्जना गरेको छ ।’

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले नेपालमा उत्पादित विद्युतलाई मुलुकभित्रै खपत गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले विद्युत उत्पादन वृद्धि भइरहेको भन्दै मुलुकभित्रै खपत बढाउन जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले सबैले विद्युतीय सवारी साधन चढ्ने वातावरण सरकारले बनाउनुपर्नेमा जोड दिनुभयो ।  उहाँले विद्युतीय सामग्रीहरुको प्रयोग बढाउनुपर्नेमा जोड दिनुभयो ।


भर्खर

नेपाल–भारत संयुक्त सुरक्षा बैठक, सीमामा कडाइ

धनगढीः नेपाल–भारत संयुक्त सुरक्षा बैठक बसेको छ। गौरीफन्टा लगायतका सीमा क्षेत्रमा कडाइएका लागि बैठकको आयोजना

डडेल्धुरामा सवारीचालक अनुमति सेवा बन्द

डडेलधुरा : करिब तीन वर्षअघिदेखि डडेलधुरामा सुरु भएको सवारीचालक अनुमतिपत्र (लाइसेन्स सेवा) बन्द भएको छ

कञ्चनपुरमा करणीको अभियोगमा एक जना पक्राउ

कञ्चनपुरः जबरजस्ती करणी गरेको अभियोगमा कञ्चनपुरका एक जना पक्राउ परेका छन्। ५० वर्षीया महिलालाई जबरजस्ती