घानाका उपराष्ट्रपति बावुमियाद्वारा राष्ट्रपति चुनावमा हार स्वीकार

Monday December 9, 2024

पढ्न लाग्ने समय :


घानाका उपराष्ट्रपति र सत्तारुढ पार्टीका उम्मेद्वार महामुदु बाबुमियाले २०२४ को राष्ट्रपति चुनावमा आईतवार हार स्वीकार गर्नुभएको छ । आफ्नो आधिकारिक निवासबाट एक संक्षिप्त टेलिभिजन सम्बोधनमा सत्तारुढ नयाँ देशभक्त पार्टीको नेतृत्व गर्ने बाउमियाले नतिजाहरू स्वीकार गर्नुभएको हो । घानावासीहरूलाई उनीहरूको समर्थनको लागि कृतज्ञता व्यक्त गर्नुभयो । राष्ट्रपतिको दौडमा विजयी भएकोमा पूर्वराष्ट्रपति जोन द्रामणि महामालाई बधाई दिनुभयो । विपक्षी राष्ट्रिय लोकतान्त्रिक कंग्रेसको नेतृत्व गर्दै आउनुभएका महामाले आईतवार सामाजिक सञ्जालमार्फत आफ्नो जितको घोषणा गर्नुभयो ।

घानावासीहरूले नयाँ राष्ट्रपति र २७६ सांसदहरू चयन गर्न शनिवार मतदान गरेका थिए । घानाको निर्वाचन आयोगले आधिकारिक रूपमा अन्तिम परिणाम घोषणा गर्न बाँकी छ ।


भर्खर

कैलालीको स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्त

काठमाडौँः कैलालीको गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्त गरिएको छ। सिफारिस

भारी वर्षाको पूर्वानुमान

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर

अछाममा युवतीमाथि करणी, एक युवक पक्राउ

धनगढी :अछाममा १७ वर्षीया युुवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले युवकलाई पक्राउ गरेको छ ।