घरको छतबाट खसेर युवकको मृत्यु

Monday June 8, 2026

पढ्न लाग्ने समय :


धनगढी : धनगढीमा घरको छतबाट खसेर युवकको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–२ मिलनचोक बस्ने ३१ वर्षीय गोपाल साउदको घरको छतबाट लडेर मृत्यु भएको हो ।

प्रहरीका अनुसार आइतबार दिउँसो आफ्नै तीनतले घरको छतबाट लडेर गम्भीर घाइते भएका साउदलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल लगिएको थियो। उपचारकै क्रममा आइतबार साँझ उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


भर्खर

बर्दियामा लोपोन्मुख वन्यजन्तु ‘ओद’ को छालासहित एक युवक पक्राउ 

बर्दियाको राजापुर नगरपालिका–१ दौलतपुरबाट लोपोन्मुख वन्यजन्तु ओदको छालासहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी

कैलालीमा ईभी दुर्घटना

धनगढी : कैलालीमा ईभी हाईस दुर्घटना हुँँदा तीन जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग

काठमाडौँको गेस्ट हाउसमा धनगढीकी युवतीको हत्या

काठमाडौँ : काठमाडौँको नयाँ बसपार्क स्थित गेस्टहाउसमा मृत भेटिएकी निशा सुनुवारको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको