गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिक्मतबहादुर रावल नियुक्त

Thursday July 2, 2026

पढ्न लाग्ने समय :


काठमाडौँ : सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त गर्ने निर्णय गरेको छ। बिहीबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले रावललाई संस्थानको महाप्रबन्धक पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
कैलालीका रावललाई सञ्चारमन्त्रालयको सिफारिसमा गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए।
सूचना तथा सञ्चार मन्त्रालयले महाप्रबन्धकमा आवेदन दिएका ३५ जनामध्येबाट १० जनाको सूची प्रकाशित गरेको थियो । रावल लामो समयदेखि पत्रकारितामा सक्रिय छन। रावलको जन्म डडेलधुरा जिल्लाको गन्यापधुरा गाउँपालिका–२ मा भएको हो । उनी पछिल्लो समय कैलालीको धनगढीमा बसोवास गर्दै आएका छन । उनी विगत चार वर्षदेखि बिबिसी नेपाली सेवामा कार्यरत छन । रावल ग्यालेक्सी फोरके, न्यूज २४ र एभिन्युज टेलिभिजनमा प्रदेश प्रमुखका रूपमा काम गरेका छन । पत्रकारिता क्षेत्रमा सक्रिय उनीसँग स्थानीय तथा राष्ट्रिय पत्रपत्रिकामा संवाददाता, क्षेत्रीय प्रमुख र सम्पादक भएर २५ वर्षसम्म काम गरेको अनुभव छ ।
आमसञ्चार तथा पत्रकारिता र समाजशास्त्रमा स्नातकोत्तर गरेका रावलले अङ्ग्रेजी साहित्यमा स्नातक गरेका छन । मिडिया अध्ययन र अनुसन्धानमा सक्रिय उनीसँग नेपाल भारत पत्रकार सङ्घको अध्यक्षका रूपमा सात वर्ष काम गरेको अनुभव छ ।


भर्खर

बर्दियामा लोपोन्मुख वन्यजन्तु ‘ओद’ को छालासहित एक युवक पक्राउ 

बर्दियाको राजापुर नगरपालिका–१ दौलतपुरबाट लोपोन्मुख वन्यजन्तु ओदको छालासहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी

कैलालीमा ईभी दुर्घटना

धनगढी : कैलालीमा ईभी हाईस दुर्घटना हुँँदा तीन जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग

काठमाडौँको गेस्ट हाउसमा धनगढीकी युवतीको हत्या

काठमाडौँ : काठमाडौँको नयाँ बसपार्क स्थित गेस्टहाउसमा मृत भेटिएकी निशा सुनुवारको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको