गोदावरी नगरपालिकामा दुई पाङ्ग्रे सवारी साधन फिर्ता गर्न ताकेता

Tuesday October 7, 2025

पढ्न लाग्ने समय :


न्युज नेपाल समाचार
कैलालीको गोदावरी नगरपालिकामा दुई पाङ्ग्रे सवारी साधनको अव्यवस्थित प्रयोग गरिएको भन्दै फिर्ता गर्न ताकेता गरिएको छ । नगरपालिकाले वडा कार्यालय, मालाखेती अस्पताल, आधारभूत स्वास्थ्य सेवा केन्द्रहरू, कृषि तथा पशुपन्छी उपचार केन्द्रहरूलाई पत्राचार गर्दै कार्यालयका शाखा प्रमुख र प्राविधिक कर्मचारी र वडा अध्यक्ष बाहेकका अन्य पदाधिकारीहरू र कर्मचारीहरूले प्रयोग गरेका सवारी साधन फिर्ता गर्न ताकेता गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडीको हस्ताक्षर रहेको पत्रमा तीन दिन भित्र उक्त सवारी साधन फिर्ता गर्न भनिएको छ ।

पत्रमा भनिएको छ ‘गोदावरी नगरपालिकाको मिति २०८२ असोज ८ गते बसेको १३३ औँ कार्यपालिका बैठकको निर्णयअनुसार यस कार्यालयका नाममा रहेका तथा आम्दानी बाँधिएका दुई पाङ्ग्रे सवारी साधनहरू ९मोटरसाइकल र स्कुटर० अव्यवस्थित रूपमा जुनसुकै पदाधिकारी र कर्मचारीहरूले प्रयोग गरिरहेको हुँदा कार्यालयका शाखा प्रमुख प्राविधिक कर्मचारी र वडा अध्यक्षज्यूहरूले प्रयोग गरिरहेका बाहेकका अन्य पदाधिकारीहरू र कर्मचारीहरूले सूचनाको मितिले ३ दिन भित्र कार्यालयको जिन्सी शाखामा अनिवार्य रूपमा बुझाउनुहुन जानकारी गराइन्छ ।’

पत्रमा सवारी साधन नबुझाइए नियमानुसार कारबाही हुने समेत उल्लेख छ ।

 


भर्खर

कञ्चनपुरमा १८ वर्षदेखि फरार जबर्जस्ती करणीका अभियुक्त पक्राउ

कञ्चनपुर : जबर्जस्ती करणी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक जना अभियुक्तलाई कञ्चनपुर

कञ्चनपुरमा १८ कठ्ठा गहुँ बाली जलेर नष्ट, गुजाराको पिरलो

कञ्चनपुरः खेतमा गहुँ पाकेर काट्ने तयारीमा रहेका कञ्चनपुरको पुनर्वास नगरपालिका–९ का स्थानीय दल बहादुर खाती

धनगढीका १० सामुदायिक विद्यालयलाई उपमहानगरको सम्मान

धनगढीः धनगढी उपमहानगरपालिकाले कक्षा ८ को वार्षिक परीक्षामा उत्कृष्ट नजिता हासिल गर्ने सामुदायिक विद्यालयलाई सम्मान