गोदावरी नगरपालिकामा दुई पाङ्ग्रे सवारी साधन फिर्ता गर्न ताकेता

Tuesday October 7, 2025

पढ्न लाग्ने समय :


न्युज नेपाल समाचार
कैलालीको गोदावरी नगरपालिकामा दुई पाङ्ग्रे सवारी साधनको अव्यवस्थित प्रयोग गरिएको भन्दै फिर्ता गर्न ताकेता गरिएको छ । नगरपालिकाले वडा कार्यालय, मालाखेती अस्पताल, आधारभूत स्वास्थ्य सेवा केन्द्रहरू, कृषि तथा पशुपन्छी उपचार केन्द्रहरूलाई पत्राचार गर्दै कार्यालयका शाखा प्रमुख र प्राविधिक कर्मचारी र वडा अध्यक्ष बाहेकका अन्य पदाधिकारीहरू र कर्मचारीहरूले प्रयोग गरेका सवारी साधन फिर्ता गर्न ताकेता गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडीको हस्ताक्षर रहेको पत्रमा तीन दिन भित्र उक्त सवारी साधन फिर्ता गर्न भनिएको छ ।

पत्रमा भनिएको छ ‘गोदावरी नगरपालिकाको मिति २०८२ असोज ८ गते बसेको १३३ औँ कार्यपालिका बैठकको निर्णयअनुसार यस कार्यालयका नाममा रहेका तथा आम्दानी बाँधिएका दुई पाङ्ग्रे सवारी साधनहरू ९मोटरसाइकल र स्कुटर० अव्यवस्थित रूपमा जुनसुकै पदाधिकारी र कर्मचारीहरूले प्रयोग गरिरहेको हुँदा कार्यालयका शाखा प्रमुख प्राविधिक कर्मचारी र वडा अध्यक्षज्यूहरूले प्रयोग गरिरहेका बाहेकका अन्य पदाधिकारीहरू र कर्मचारीहरूले सूचनाको मितिले ३ दिन भित्र कार्यालयको जिन्सी शाखामा अनिवार्य रूपमा बुझाउनुहुन जानकारी गराइन्छ ।’

पत्रमा सवारी साधन नबुझाइए नियमानुसार कारबाही हुने समेत उल्लेख छ ।

 


भर्खर

रुकुमपश्चिम जीप दुर्घटना : मृतक ८ जनाको पहिचान खुल्या

न्युज नेपाल समाचार रुकुमपश्चिममा भएको जीप दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरुको सनाखत भएको छ ।

कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ

न्युज नेपाल समाचार कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका–२

छठ पर्व आजदेखि विधिवत रूपमा सुरु

न्युज नेपाल समाचार सूर्यदेवको आराधना गरी चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आजदेखि