गैरजिम्मेवारपूर्ण गतिविधिले प्राप्त अधिकार गुम्ने खतरा हुन्छः उपप्रधानमन्त्री सिंह

Thursday February 6, 2025

पढ्न लाग्ने समय :


उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले गैरजिम्मेवारपूर्ण गतिविधिले प्राप्त अधिकार गुम्ने खतरा रहेको बताउनुभएको छ । बिहीवार काठमाडौंमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफ्नो अधिकार गुम्ने गतिविधि गर्न नहुनेतर्फ सचेत गर्नुभयो । उहाँले वर्तमान सरकार नेपाली काँग्रेस र नेकपा एमाले लगायतका राजनीतिक दलहरु मिलेर बनेको भन्दै जनताको अधिकारका लागि लडेका पार्टीहरुबाट जनताका अधिकार खोस्ने काम नहुने बताउनु भयो । उहाँले संविधान संशोधन गर्दा अधिकार कटौति गर्नेकुरा नहुने बताउनु भयो । उहाँले संविधान कार्यान्वयनमा भएका समस्याहरु हटाउन संविधान संशोधन हुने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामी गैरजिम्मेवारपूर्ण तरिकाले गतिविधि गर्न थाले भएको अधिकार पनि गुम्नसक्ने खतरा छ । त्यतातिर पनि अलिकति हामीले होस पु¥याउनुपर्छ । केही कदम चाल्दा, बोल्दा होस पु¥याउनुपर्छ । नेपाली काँग्रेस, नेकपा एमाले, लगायत अरु दलहरु मिलेर वर्तमान सरकार बनेको छ । यि दुई पार्टी त जनताको अधिकारको लागि लडेको, भिडेको हो । सबैले चिनेको पार्टी हो । जुन दलहरुले जनताको अधिकार लडेर दिलायो, अधिकार कटौती गर्नेकुरा काँग्रेस र एमालेले गर्न सक्ला ? संविधान संशोधनको कुरा त संविधानमा उल्लेखित अधिकारहरु छन्, त्यसलाई कार्यान्वयन गर्न केही बाधा छ भने सहजीकरण गर्न संशोधन गर्ने हो । अझ राम्रो गर्न संशोधन गर्ने हो । प्राप्त गरेका अधिकार कटौति होइन, प्राप्त अधिकार अझ राम्रोसँग सुचारु गर्न र कार्यान्वयन गर्न सहज हुनेगरी संशोधन हुने हो ।’उहाँले आउँदो दिनमा संविधानले दिएको अधिकार समान रुपले उपयोग गर्नेकुरामा अघि बढ्न जरुरी रहेको बताउनु भयो ।


भर्खर

खुटियाको पानीले धनगढीको जमिन सिँचाइको योजनामा मेयर हमालको चाँसो

धनगढीः कैलालीका खुटिया नदीको पानीले धनगढीको जमिन सिँचाइ गर्ने योजनामा मेयर गोपाल हमालले चाँसो देखाएका

बझाङमा दुई बालबालिकाको डुबेर मृत्यु

बझाङः बझाङ जिल्लाको वित्थडचिर गाउँपालिकामा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयकाले दिएको

धनगढीमा प्रहरी कार्यालयको छतबाट खसेर भान्छेको मृत्यु

धनगढीः सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको मेसको छतबाट खसेका भान्छेको मृत्यु भएको छ । सरसफाइ