गगन नेतृत्वको केन्द्रीय कार्यसमितिमा सुदूरपश्चिमका एक पदाधिकारीसहित ११ जना

Thursday January 15, 2026

पढ्न लाग्ने समय :


धनगढीः नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट गगनकुमार थापा नेतृत्वको नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिमा सुदूरपश्चिमबाट एक जना पदाधिकारीसहित ११ जना नेता अटाएका छन्। सुदूरपश्चाबाट सह–महामन्त्रीमा प्रकाश रसाइली स्नेहीसहित ११ जना नेता केन्द्रीय कार्यसमितिका छनोट भएका हुन्।

सह–महामन्त्रीमा चयन भएका स्नेही बझाङका नेता हुन भने खुलातर्फ डोटीबाट भरत खड्का, बाजुराबाट जनक गिरी र बझाङका जगत जोशी काँग्रेसको केन्द्रीय सदस्य बनेका छन्।

यस्तै,कैलालीबाट पाँच जना केन्द्रीय सदस्य भएका छन्। कैलालीबाट सुदूरपश्चिम प्रदेश महिलातर्फ निपा चोख्याल, प्रदेश खुलातर्फ हिमबहादुर रावल, थारू महिलातर्फ सुनिता राना र खस–आर्य महिलातर्फ सम्झना खत्री र खस–आर्य खुलातर्फ विजय स्वार केन्द्रीय सदस्य भएका हुन्।

बैतडीका नरेन्द्रप्रसाद भट्ट तथा कञ्चनपुरबाट सन्तोषी साउँद ऐरी पनि केन्द्रीय सदस्य चयन भएको छन्।

 


भर्खर

गगन थापालाई मुख्यमन्त्री शाहको प्रश्न : शेरबहादुर देउवालाई टिकटबाट किन वञ्चित गरियो ?

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले ले नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवाद, प्रदेश

सुदूरपश्चिममा सडक सुरक्षा सुधारलाई तीव्रता दिन कार्यशाला

धनगढी : सुदूरपश्चिम प्रदेशमा बढ्दो सडक दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षा सुधारलाई प्रभावकारी बनाउन प्रदेशस्तरीय

सुदूरपश्चिममा काँग्रेस र एमालेको गठबन्धन नटुट्ने

धनगढी : नेपाली काँग्रेसले सुदूरपश्चिम प्रदेशमा सरकार परिवर्तन नहुने बताएको छ। काँग्रेस नेतृत्वको प्रदेश सरकारको