खेलकुद गतिविधि नगर्ने विद्यालयमा विद्यार्थी घटिरहेका छन्ः खेलकुदमन्त्री चौधरी

Monday March 10, 2025

पढ्न लाग्ने समय :


युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले प्रत्येक निजी विद्यालयमा स्काउटको व्यवस्था गर्न आग्रह गर्नुभएको छ । सोमवार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपालको १६ औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले नेपाल स्काउट खेलकुद मन्त्रालयअन्तर्गत रहेको र प्रत्येक निजी विद्यालयले आफ्नो विद्यालयमा स्काउट राख्न आग्रह गर्नुभयो । उहाँले स्काउटले विद्यार्थीलाई अनुशासनमा राख्ने बताउनु भयो । उहाँले विद्यालय भनेकै खेलकुद रहेको बताउँदै खेलकुद नभएको विद्यालयमा विद्यार्थी घटिरहेको तथ्यांकले देखाएको बतउनु भयो ।
उहाँले भन्नुभयो, ‘खेलकुद मन्त्रालयअन्तर्गत नेपाल स्काउट छ । यो प्रत्येक निजी विद्यालयहरुले राखिदिन मैले आग्रह गर्न चाहेँ । किनभने त्यसले विद्यार्थीलाई अनुशासित मात्रै बनाउँदैन । हरेक क्षेत्रमा अघि बढाउन मद्दत गर्दछ । हाम्रो मन्त्रालयको तर्फबाट, नेपाल स्काउटको तर्फबाट हामी परिषद् पठाइदिएर सहयोग गरिदिन आग्रह गर्दछु । प्रशिक्षक पठाउँछौँ । सात दिनको तालिम हो । धेरै दिनको छैन । विद्यालय भनेको खेलकुद नै हो । जुन विद्यालयमा खेलकुद छैन त्यस विद्यालयमा विद्यार्थी घटिरहेका छन् । विद्यालयमा खेलकुद आयोजना गराउनुस् ।’

मन्त्री चौधरीले प्याब्सनलाई जिल्ला, आफ्नो क्षेत्रभित्र कुनैपनि खेलहरु गराउन आग्रह गर्नुभयो ।


भर्खर

कैलालीको चिसापानीमा जाल्पादेवी केबलकारको पोल ठड्याउने काम सुरु

कैलालीः आइएमई ग्रुपको लगानीमा सुदूरपश्चिमको कैलाली, चिसापानीमा निर्माणाधीन जाल्पादेवीमा केबलकार जडानको लागि पोल ठड्याउने काम

कञ्चनपुरमा १८ वर्षदेखि फरार जबर्जस्ती करणीका अभियुक्त पक्राउ

कञ्चनपुर : जबर्जस्ती करणी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक जना अभियुक्तलाई कञ्चनपुर

कञ्चनपुरमा १८ कठ्ठा गहुँ बाली जलेर नष्ट, गुजाराको पिरलो

कञ्चनपुरः खेतमा गहुँ पाकेर काट्ने तयारीमा रहेका कञ्चनपुरको पुनर्वास नगरपालिका–९ का स्थानीय दल बहादुर खाती